मन लोभ्याउने मखमली (फोटो फिचर) « Khabarhub

मन लोभ्याउने मखमली (फोटो फिचर)



भक्तपुर– हिन्दू नेपालीको दोस्रो ठूलो चाड तिहार नजिकिन थालेको छ । बारीभरि ढकमक्क फुलेका फूलले पनि तिहारको झल्को दिन थालेका छन् ।

गाउँघर मात्र होइन शहर बजारमा पनि अहिले ढकमक्क फुलेको फुलले बेग्लै रौनक दिएको छ ।

भक्तपुरको गुन्डुमा पनि व्यावसायिक रुपमा गरिएको मखमली फूलको खेती लोभलाग्दो देखिन्छ । हरेक वर्षको तिहारमा गुन्डुका किसानले लाखौँ रुपैयाँको मखमली बिक्री गर्ने गरेका छन् ।

वर्षको एक दिनमात्र अर्थात् भाइटीकामा प्रयोग हुने मखमली माला गुन्डुको पहिचानजस्तै बनेको छ । यो वर्ष भने कोभिड– १९ का कारण बजार घट्ने हो कि भन्ने आशंकाबीच पनि माला बनाउने तयारीमा किसान जुटेका छन् ।

नेपालमा वि.स. २०११ सालबाट पुष्प व्यवसाय सुरु भएको थियो । पछिल्ला समय पुष्प व्यवसाय गर्नेहरुको संख्या बढ्दै गएकाले स्वदेशका विभिन्न जिल्लाहरुमा यी फूलको उत्पादन हुन थालेका छन् । स्थानीय स्तरमा उत्पादन भएका फूलले केही मात्रामा भएपनि स्थानीय क्षेत्रका माग पुरा हुने गरेको छ ।

नेपालभर १ सय ५७ हेक्टर क्षेत्रफलमा ४३ जिल्लामा अहिले पुष्प खेती सञ्चालन भइरहेको छ । फ्लोरिकल्चर एसोसियसन नेपाल (फ्यान)का अध्यक्ष कुमारकसजु श्रेष्ठका अनुसार हाल ७ हजारभन्दा बढी व्यवसायीहरुले पुष्प व्यवसाय गरिरहेका छन् भने ४४ हजारभन्दा बढीले रोजगारी पाएका छन् । फूलको महत्व बुझ्दै गएपनि फूलको आयत भने प्रत्येक वर्ष बढिरहेको छ ।

फूलको उत्पादन भएपनि समयमै नफूलनु, स्थानीय तैथाने जातका फूलहरु बढी उत्पादन हुनुजस्ता समस्याका कारण फूलको आयत गर्नुपरेको अध्यक्ष श्रेष्ठले बताए ।

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार  ३ : ३१ बजे

कांग्रेस विशेष महाधिवेशन : भोलि २ बजेलाई तोकियो निर्वाचन, आकांक्षी धेरै हुँदा जुटेन सहमति

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचन

कांग्रेस फुटेपछि कृष्ण सिटौलाले भने : गहिरो चोट लागेको छ

काठमाडौं – नेपाली कांग्रेस विभाजन भएपछि नेता कृष्णप्रसाद सिटौलाले कांग्रेसलाई

नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपालबीच पार्टी समायोजन सम्पन्न

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपाल

लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने चार जना पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा लागुपदार्थ सेवन गरी सवारीसाधन

कांग्रेसको विशेष महाधिवेशन : सर्वसम्मत नयाँ कार्यसमिति घोषणा गर्ने तयारी

काठमाडौं – भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट नयाँ