काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) ले खेलाडीहरुको वर्गिकरण सच्याएको छ ।
शनिबार अनलाइनमार्फत बसेको बोर्ड बैठकले राष्ट्रिय टोलीका अलराउण्डर सोमपाल कामी, अभिनास बोहरा, ललित नारायण राजवंशी, सन्दीप जोराको वर्गिकरण सच्याएको हो ।
यसअघि सोमपाललाई बी ग्रेडमा राखिएकोमा उनलाई स्तरवृद्धि गर्दै ए मा राखिएको छ भने यसअघि सी ग्रेडमा राखिएका अभिनास बोहरालाई बी ग्रेडमा राखिएको छ ।
त्यसैगरी ग्रेडमै नपरेका राजवंशीलाई अहिले बी ग्रेडमा राखिएका् छ ।यसअघि बी ग्रेडमा परेका जोरालाई अहिले सी ग्रेडमा घटाइएको छ ।
यस्तै, महिला खेलाडीतर्फ पनि खेलाडीहरुको वर्गिकरण तलमाथि गरिएको छ । सरस्वती चौधरीलाई ग्रेड बी मा र ममता चौधरी र सुमन खतिवडालाई सी ग्रेडमा राखिएको छ ।
खेलाडीको वर्गीकरणमा लापरबाही भएको भन्दै आलोचना भएपछि क्यानले त्यसलाई सच्याएको हो ।
यस्तै, आज बसेको बोर्ड बैठकले राष्ट्रिय पुरुष क्रिकेट टोलीको बन्द प्रशिक्षण मंसिर १० गतेदेखि सुरु गर्ने निर्णय गरेको छ ।
संघको वार्षिक साधारण सभा मंसिर ३ गते गर्ने निर्णय गरेको छ ।
खेलाडी वर्गीकरण सूची
पुरुष –
‘ए’ श्रेणी – पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, बसन्त रेग्मी, दिपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, विनोद भण्डारी, सोमपाल कामी,
‘बी’ श्रेणी – सुसन भारी, आरिफ शेख, पवन सर्राफ, अविनास बोहरा
‘सी’ श्रेणी – सुवास खकुरेल, रोहित पौडेल, कुशल मल्ल, रसिद खान, कमल सिंह ऐरी, ललित राजवंशी, सन्दीप जोहरा
महिला –
‘ए’ श्रेणी – रुबिना क्षेत्रि, नेरी थापा, इन्दु बर्मा,सिता राना मगर, करुणा भण्डारी
‘बी’ श्रेणी – ज्योति पाण्डे, अप्सरी बेगम,रोमा थापा, बिन्दु रावल, कविता जोशी, ऋतु कजौनिया,काजल श्रेष्ठ, सरिता मगर, सरस्वती चौधरी
‘सी’ श्रेणी – कविता कुँवर,डोली भट्ट,अनुराधा चौधरी, सोनु खड्का,अञ्जली चन्द, सोभा आले, सुमन खतिवडा, ममता चौधरी
प्रतिक्रिया