अमेरिकामा थप १ लाख ७३ हजारमा संक्रमण « Khabarhub

अमेरिकामा थप १ लाख ७३ हजारमा संक्रमण


२२ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकामा थप १ लाख ७३ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्ला चार दिन लगातार संक्रमितको संख्या २ लाखभन्दा बढी संक्रमण देखिएको अमेरिकामा आज भने संक्रमण केही घटेको छ ।

पछिल्लो २४ घण्टामा १ लाख ७३ हजार ८६१ जनामा संक्रमण भएसँगै अमेरिकामा संक्रमितको संख्या १ करोड ५१ लाख ५२९ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ८८ लाख ५५ हजार ५९३ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ६० लाख १५ हजार ३० जनामध्ये २६ हजार ४४८ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख ८८ हजार नाघेको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ७६ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या २ लाख ८८ हजार ९०६ पुगेको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  ७ : ३५ बजे

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडाैं – कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल

पोखराविरुद्ध सुदूरपश्चिमलाई चौथो झट्का, इशान पाण्डे आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम

चिकित्सा शिक्षा क्षेत्रमा राखिएका माग सम्बोधन गरिने

काठमाडौं – स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका आन्दोलनरत विभिन्न पक्षसँग

स्वयम्भू संरक्षणका लागि पाँच करोड ४० लाख बजेट स्वीकृत

काठमाडौँ – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूको संरक्षण तथा व्यवस्थापनका लागि