यस्ता छन् दैनिक चना र केराउ खानुका फाइदा « Khabarhub

यस्ता छन् दैनिक चना र केराउ खानुका फाइदा


२२ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सामान्यतया खाजाको रुपमा केराउ र चनाको खुव प्रयोग हुन्छ । तर केराउ र चना खाँदाका धेरै फाइदा छन् त्यो सबैलाई थाहा नहुन सक्छ । चना र केराउ खाँदा मुख्य आठ फाइदा यस्ता छन् ।

यस्ता छन् फाइदा

तौल घटाउँछ : चना तथा केराउमा हुने फाइबरको कारणले यीनीहरूको सेवन तौल घटाउनको लागि निकै उपयोगी मानिन्छ । चना तथा केराउले लामो समय सम्म ढाडस दिइरहन्छ । चना तथा केराउले साहाकारीहरूको भोजन डाइटमा समेत महत्वपूर्ण भूमिका निर्बाह गर्दछ ।

शक्ति वढाउँछ : चना तथा केराउको प्रयोगले शक्ति बढ्छ भने प्रतिरक्षात्मक क्षमता पनि बढ्छ ।

चिनीको सन्तुलन : चना तथा केराउको प्रयोगले शरीरमा भएको चिनीको मात्रालाई सन्तुलनमा राख्दछ ।
महिलाको हर्मोनलाई नियमित बनाउँछः महिलाहरुमा उत्पादन हुने विभिन्न प्रकारका हर्मोनलाई केराउ चनाले नियमित बनाउँछ । हर्मोनको नियमितताले छातिको क्यान्सर हुने सम्भावना कम हुन्छ ।

रक्तअल्पताको हेरचाहा : चना तथा केराउमा हुने फलाम तत्वको कारणले रक्तअल्पता हुने सम्भावना कम हुन्छ ।

रक्तचाप नियमित बनाउँछ : केराउ तथा चनाको प्रयोगले उच्च रक्तचापलाई केही कम गर्छ । केराउ चनाको प्रयोगले रक्तचापलाई नियमित बनाउँछ ।

अपच हुने समस्या हुँदैन : चना तथा केराउमा हुने फाइबरका कारण अपच हुने समस्या कम हुन्छ । यसले स्वस्थ पाचन प्रणालीलाई विकास समेत गर्दछ ।

मुटु स्वस्थ बनाउँछ : चना तथा केराउको प्रयोगले स्वस्थ मुटु बनाउनको लागि अहम भूमिका खेल्दछ । साथै चना तथा केराउको प्रयोगले हृदय सम्बन्धि जटिलता हट्दछन् ।

– दि हेल्थ साइट

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  ७ : ५४ बजे

तलेजु भवानीको दर्शन गर्न भक्तपुरमा भक्तजनको ओइरो

भक्तपुर– हरेक वर्ष शारदीय नवरात्रको महानवमीका दिन मात्र सर्वसाधारणका लागि

सडक सम्पर्क विच्छेद भएका बस्तीमा ड्रोनबाट राहत सामग्री

काठमाडौँ– बाढीका कारण सडक सम्पर्क विच्छेद भएका गोरखाका दुर्गम बस्तीमा

हिरासतमा रहेकी सुकीलाई बेलायती राजा चार्ल्सको उपहार

याङ्गुन – म्यान्मामा हिरासतमा रहेकी नोबेल शान्ति पुरस्कार विजेता आङ

निषेधित क्षेत्र घुमेका पर्यटकबाट बर्सेनि उठ्छ करोडौँ राजस्व

गण्डकी– अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने निषेधित क्षेत्रमा अनुमति लिएर भ्रमण

मालीमा सशस्त्र समूहको आक्रमणमा ५० जनाको मृत्यु

बामाको – मालीको उत्तरपूर्वी मेनाका क्षेत्रमा सशस्त्र समूहले गरेको आक्रमणमा