तारकेश्वरमा कोरोना सङ्क्रमितलाई पाँच हजार दिइने « Khabarhub

तारकेश्वरमा कोरोना सङ्क्रमितलाई पाँच हजार दिइने


२२ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– तारकेश्वर नगरपालिकाले कोभिड –१९ पोजेटिभ भई होम आइसोलेशनमा बसेका व्यक्तिलाई पाँच हजार दिने भएको छ ।

नगरपालिकाभित्र कोरोना सङ्क्रमित भई होम आइसोलेसनमा बसेका व्यक्तिलाई पोषणभत्तास्वरुप रकम दिइने भएको हो ।

कोरोना पोजेटिभ देखिएर आइसोलेशनमा बसेका बिरामीलाई प्रत्येक वडा कार्यालयबाट स्वास्थ्य शाखामा समन्वय गराई प्राप्त विवरणका आधारमा रकम वितरण गर्ने व्यवस्था गरिएको सूचना अधिकृत होमनाथ न्यौपानेले बताए ।

हाल नगरपालिकामा कोरोना सङ्क्रमित दुई हजार ८६ रहेकामा ८६६ महिला र एक हजार २२० पुरुष छन् । निको हुनेको सङ्ख्या एक हजार ८२९ छ । कोरोनाबाट अहिलेसम्म सात जनाको मृत्यु भएको छ भने सक्रिय सङ्क्रमित २५० जना पुगेका छन् ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  १ : १० बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको