रामेछाप नगरपालिका वडा नम्बर–७ को कार्यालय भवन उद्घाटन « Khabarhub

रामेछाप नगरपालिका वडा नम्बर–७ को कार्यालय भवन उद्घाटन


२२ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रामेछाप– रामेछाप नगरपालिकाको वडा नम्बर ७, सुकाजोरस्थित वडा कार्यालय भवनको आज उद्घाटन गरिएको छ । नगर प्रमुख नरबहादुर थापा मगरले आज एक कार्यक्रमका बीच भवनको उद्घाटन गरेका हुन् ।

नगरपालिकाको ४५ लाख रुपैयाँको लागतमा दुई आर्थिक वर्ष २०७५/०७६ र २०७६/०७७ मा गरी एक तले पक्की भवन निर्माण सम्पन्न भएको वडा अध्यक्ष समीर कार्कीले जानकारी दिए ।

भवन उद्घाटन अघि विधिवत पूजा गरिनुका साथै राष्ट्रिय झण्डा लगाइएको थियो । भवन उद्घाटनपछि नगरप्रमुख थापा मगर, उपप्रमुख सिर्जना खड्का, प्रशासकीय प्रमुख रामचन्द्र लाम्घादे, वडा अध्यक्ष कार्कीलगायत भवन निर्माण समितिका सदस्य तथा वडाबासीले कार्यकक्षको अवलोकन गरेका थिए ।

आफ्नै कार्यालय भवन भएसँगै वडाबासीलाई प्रदान गर्ने सेवा सुविधा उपलब्ध गराउन सहज हुने वडा अध्यक्ष कार्कीले बताए ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  १२ : १८ बजे

पूर्वप्रधानमन्त्री ओली र लेखकलाई हाजिर जमानतमा छाड्ने तयारी

काठमाडौँ – नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

अनलाइनबाट मतदाता नामावली दर्ता

तनहुँ– निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः

फोहर वर्गीकरण गर्न टीकापुर नगरपालिकाको आग्रह

कैलाली– टीकापुर नगरपालिकाले घरबाट निस्केका फोहरलाई वर्गीकरण गरेर राख्न आग्रह

रास्वपाको उदयमा बालेनको नेतृत्व : जनलहरको अग्निपरीक्षामा नयाँ सरकार

हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचन परिणाम धेरै अर्थमा ऐतिहासिक, अभूतपूर्व र

वर्षाका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध

नवलपरासी– वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ