रौतहट बमकाण्डका आरोपी मोहताब भारतबाट पक्राउ « Khabarhub

रौतहट बमकाण्डका आरोपी मोहताब भारतबाट पक्राउ


२२ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट– रौतहट बमकाण्डका आरोपी मोहम्मद मोहताब आलम पक्राउ परेका छन्। उनलाई भारत मोतिहारीबाट पक्राउ गरिएको छ । आलमलाई पक्राउ गर्न नेपाल प्रहरीले भारतीय प्रहरीको सहयोग लिएको थियो ।

५५ वर्षीय मोहताब रौतहट बमकाण्डका मुख्य आरोपी मोहम्मद अफताब आलमका भाइ हुन्। रौतहट साविक राजपुर फरदहवा गाविस-४ हाल राजपुर नगरपालिका-४ मा २०६४ चैत २७ गते बम विस्फोट गराइएको आरोपमा कांग्रेस नेता आलम अहिले पुर्पक्षका लागि थुनामा छन्।

प्रदेश २ प्रहरीले मोहताबलाई नेपाल-भारत सीमाना बौदीमाई नगरपालिका-७ बड्की बंकुल क्षेत्रबाबाट पक्राउ गरिएको बताएको छ।

प्रदेश प्रहरी प्रवक्ता कृष्ण प्रसाईंका अनुसार ५५ वर्षीय मोहताबलाई बौदीमाई नगरपालिका-८ बाट सोमबार बिहान पक्राउ गरिएको हो ।

प्रारम्भिक अनुसन्धानमा उनले आफ्ना दाइ अफताबको निर्देशनमा घटना लुकाउने उद्देश्यले विस्फोटमा परी मृत्यु तथा घाइते भएका मानिसलाई ट्याक्टरमा राखेर इँटाभट्टामा जलाएको स्वीकार गरेको प्रहरीको दाबी छ।

No description available.

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  १२ : २८ बजे

मतदाता नामावलीमा एक लाख ८७ हजारभन्दा बढी मतदाता थपिए

काठमाडौँ- निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गर्दा एक लाख ८७ हजार

बनेपामा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा ग्यास बुलेटले मोटरसाइकललाई

हुथीविरुद्ध इजरायलको सहयोग लिन साउदीलाई ट्रम्पको आग्रह

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनका हुथी विद्रोहीविरुद्ध इजरायलले प्रस्ताव गरेको

इलाममा धारिलो हतियार प्रहार गरी एक पुरुषको ह*त्या

इलाम- इलामको रोङ गाउँपालिका–३ पात्लेडाँडामा धारिलो हतियार प्रहार गरी एक पुरुषको

कपिलवस्तुमा ट्रकसँग दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

कपिलवस्तु- कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासस्थित पूर्वपश्चिम राजमार्गमा ट्रकसँग दुई वटा मोटरसाइकल