हाम्रो फोक्सोलाई सफा गर्न खानुपर्ने ८ चीज « Khabarhub

हाम्रो फोक्सोलाई सफा गर्न खानुपर्ने ८ चीज


२२ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – हावामा बढेको प्रदुषणका कारण फोक्सोमा समस्या देखिनु सामान्य जस्तै छ । फोक्सोमा इन्फेक्सन भएमा विभिन्न प्रकारका समस्या हुन सक्छन् । त्यसैले फोक्सो सफा गर्नका लागि विभिन्न ८ उपाय गर्न सकिन्छ ।

प्राणायाम
नियमित रुपमा प्राणायाम गर्दा फोक्सोमा हावा छिर्छ । यसले छातीमा जमेको बलगम हटाउँछ । नाकमा एक दुई थोपा शीशमको तेल हाल्ने र प्राणायाम गर्ने गर्दा यसले निकै फाइदा पुर्याउँछ ।

बाफ लिनुस्
फोक्सोलाई सफा राख्न बाफ लिने गर्नुपर्छ । उमालेको पानीबाट आउने बाफले बन्द भएका हावा छिर्ने प्वालहरु खोल्छ र फोक्सोमा हुने बलगम निकाल्छ । साथै, जाडो मौसममा बाफ लिँदा सास फेर्न समस्या हुने भएमा समेत राहत मिल्छ ।

अदुवा हालेको चिया
अदुवा हालेको चियामा हुने एन्टिइनफ्लेमटरी तत्व हुने भएकाले यसले स्वासप्रश्वास नलीमा विशाक्त पदार्थ बाहिर निकाल्ने काम गर्छ । साथै, यसमा पोटाशियम, म्याग्नेशियम, जिङ्क र बीटा क्यारोटीन जस्ता औषधिय गुणहरु पनि पाइन्छ । एक अध्ययनका अनुसार शरीरमा क्यान्सर सेललाई पनि हटाउँछ । त्यसैले फोक्सो सफा गर्न नियमित रुपमा अदुवा हालेको चिया पिउने गर्नुस् ।

दालचिनीको चिया
फोक्सोसँग सम्बन्धित विभिन्न समस्याहरुबाट हटाउन दालचिनी निकै उपयोगी हुन्छ । दालचिनीको प्रयोग पाचन प्रक्रिया र स्वास नलीलाई स्वस्थ राख्न प्रयोग गरिन्छ । एक गिलास पानीमा थोरै दालचिनी हालेर पानी आधा हुँदासम्म उमाल्ने र त्यसलाई पिउने गर्दा फोक्सो सफा हुन्छ ।

ओखर
अमेरिकाको कलेज अफ न्यूट्रिशनमा प्रकाशित एक लेखका अनुसार ओखरमा हुने एसिड ओमेगा–३ ले फोक्सोलाई निकै फाइदा पुर्याउँछ । हरेक दिन ओखर खाँदा दमको समस्यामा सास फेर्न समस्या हुँदा ओखरले फाइदा पुर्याउँछ ।

माछा
जुन माछामा धेरै बोसो हुन्छ । यसको सेवनले फोक्सोलाई सफा गर्छ । माछामा पर्याप्त मात्रा एसिड ओमेगा–३ फ्याट एसिड हुने भएकाले साल्मन माछा खाने गर्नुपर्छ ।

गेडागुडी
अमेरिकाको क्यान्सर सोसाइटीका अनुसार गेडागुडीको सेवनले फोक्सोलाई स्वस्थ राख्छ ।

फलफूल
स्वस्थ फोक्सोको लागि हरेक दिन स्याउ खाने गर्नुपर्छ । यसमा हुने भिटामिनले फोक्सोलाई स्वस्थ राख्छ । फोक्सोलाई स्वस्थ राख्न भिटामिन ई, भिटामिन सी, बीटा क्यारोटीन र अमिलो फलफूल खाने गर्नुपर्छ ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  ११ : ४६ बजे

मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्तमा करिब दुई हजार विद्यार्थी दीक्षित हुँदै

कर्णाली– मध्यपश्चिम विश्वविद्यालयले सिनेट, दीक्षान्त र वार्षिकोत्सव बुधबार आयोजना गर्ने

राधास्वामी होल्डिङ सेन्टरमा तीन दिनदेखि खाना बन्द : आश्रित भोकभोकै

काठमाडौँ – कीर्तिपुरको राधास्वामीस्थित सुकुमवासी होल्डिङ सेन्टरमा तीन तीनदेखि खाना

मुस्ताङमा नियन्त्रणमा लिइएका ‘बीवाईडी’ विद्युतीय सवारी साधन फुकुवा

मुस्ताङ– मुस्ताङमा दुई सातादेखि सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएका बीवाईडी कम्पनीको

निर्माणाधीन संसद्‍ भवन, केही काम अझै बाँकी (तस्बिरहरू)

काठमाडौँ– सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनभित्रको प्रतिनिधि सभाको नयाँ हल निर्माण

संविधान संशोधनका नाममा जनताको अधिकार खोस्ने कोसिस देखियो : वर्षमान

दाङ – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता एवं सांसद् वर्षमान