नेपाली उड्‍डयन क्षेत्रलाई कालो सूचीबाट हटाउने ईयूको संकेत स्वागतयोग्य : मन्त्री भट्टराई « Khabarhub

नेपाली उड्‍डयन क्षेत्रलाई कालो सूचीबाट हटाउने ईयूको संकेत स्वागतयोग्य : मन्त्री भट्टराई


२२ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले युरोपियन युनियनले नेपालको हवाई उड्डयनलाई कालो सूचीबाट हटाउने संकेत दिनु खुसीको कुरा भएको बताएका छन् ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले युरोपियन युनियनले जारी गरेको स्टेटमेन्ट स्वागतयोग्य भएको बताएका हुन् ।

पछिल्लो समय नेपालले नागरिक उड्डयन क्षेत्रमा संगठनात्मक पुन:संरचना गर्नका लागि ड्राफ्ट तयार गरी संघीय संसद्‍मा छलफल भइरहेको छ । संसद्‍बाट ऐन पारित भएपछि युरोपियन युनियनले उठाएका अधिकांश चासो सम्बोधन हुने पनि मन्त्री भट्टराईले स्पष्ट पारे ।

नेपालले नागरिक उड्डयन क्षेत्रमा गरेको सुधारका कारण दुर्घटनासमेत कम हुँदै गएको अवस्थामा युरोपियन युनियनले सकारात्मक स्टेटमेन्ट जारी गर्नुले उत्साहित बनाएको उनले बताए । यस्तै नेपालको वायुसेवा निगमले अस्ट्रेलिया जस्तो उड्डयन सुरक्षाको दृष्टिकोणले निकै नै सुरक्षित मानिएको देशमा समेत सफल उडान गरिसकेकाले युरोपेली क्षेत्रमा पनि प्रतिबन्धित हुनु नपर्ने विश्वास मन्त्री भट्टराईले व्यक्त गरे ।

युरोपियन युनियनले नेपाली हवाई उड्डयनलाई कालो सूचीमा राखेका कारण नेपालका कुनै पनि विमान युरोपमा उडान गर्न पाउँदैनन् । यसबाट अन्य देशका गन्तव्यमा जान समेत स्वीकृतिका लागि समस्या हुँदै आएको छ ।

तर अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको अवसरमा जारी गरेको विज्ञप्तिमा नेपालले हवाई सुरक्षाका लागि गरेको प्रस्ताव स्वागतयोग्य भएको बताउनुले निकट भविष्यमै कालोसूचीबाट हटने संकेतका रुपमा लिन सकिन्छ । ईयूले सन २०१३ को डिसेम्बर देखि नेपालको हवाई उड्ड्यनलाई कालो सूचीमा राखेको थियो ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  १ : ३१ बजे

नोरा फतेही मुम्बई दुर्घटनापछि पनि स्टेजमा चम्किइन्

काठमाडौं– बलिउड अभिनेत्री नोरा फतेही शनिबार मुम्बईमा सानो कार दुर्घटनामा

ओडारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य

म्याग्दी– रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा अवस्थित पर्यटकीयस्थल सोवाङ धुरीमा आश्रयस्थल निर्माण भएपछि

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

महोत्तरी– मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन पुस

चीनद्वारा नयाँ सञ्चार प्रविधि उपग्रह प्रक्षेपण

वेन्चाङ– चीनले शनिबार दक्षिण चीनको हाइनान प्रान्तस्थित वेन्चाङ अन्तरिक्ष प्रक्षेपण

पर्यटन प्रवर्द्धनमा गोरखा र लमजुङका पालिकाको पहल

गोरखा– गोरखा र लमजुङ जोड्ने बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट