मनाङ जान ७२ घण्टे पीसीआर रिपोर्ट चाहिने « Khabarhub

मनाङ जान ७२ घण्टे पीसीआर रिपोर्ट चाहिने


२२ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मनाङ– मनाङ घुम्न जानेले ७२ घण्टे पीसीआर रिपोर्ट देखाउनुपर्ने भएको छ ।

सरकारले विदेशी पर्यटकलाई नेपाल घुम्न खुला गरे पनि चक्रीय अन्नपूर्ण पदमार्गको प्रमुख गन्तव्य मनाङमा भने ७२ घण्टाभित्रको नेगेटिभ आएको पीसीआर रिपोर्ट अनिवार्य गरेको हो ।

७२ घण्टाभित्रको नेगेटिभ आएको पीसीआर रिपोर्ट स्वदेशी तथा विदेशी दुवैखाले पर्यटकका लागि अनिवार्य गरिएको पर्यटन व्यवसायी संघ मनाङका अध्यक्ष विनोद गुरुङले बताए ।

लमजुङ सीमा तालदेखि तिलिचो तालको सिधा बाटो मात्रै खुला गरिएको हो । अन्य ठाउँमा घुमफिरका लागि प्रतिबन्ध अझै कायम छ । मनाङबाट याकखर्क, थोराङ्ला हुँदै मुक्तिनाथ जाने बाटोसमेत नखुलेको उनले बताए । पीसीआर रिपोर्ट लिएर आए पनि पर्यटकले बसाइँ र खानपानको आफैं व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ । यसबाहेक उनीहरूका पथप्रदर्शकले भने व्यवस्थापन गरिदिन सक्नेछन् ।

सरकारले अनुमति दिएपछि चार विदेशी पर्यटक नार्पाभूमि गाउँपालिकाबाट हिमलुङ हिमाल चढ्न गएका थिए । उनीहरूले खानबस्न आफैं व्यवस्थापन गरेका थिए ।

मनाङमा पर्यटक आगमन हुन थालेपछि सीमा प्रहरी चौकी तालले तालडाँडमा नियमित जाँच थालेको छ । ७२ घण्टाभित्रको पीसीआर रिपोर्टबिनै आउने पर्यटकलाई फिर्ता पठाउने गरिएको मनाङका डीएसपी मेखबहादुर कुँवरले बताए ।

प्रमुख जिल्ला अधिकारी ध्रुव गिरीले संक्रमणबाट जोगिन जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठक बसी पीसीआर रिपोर्ट अनिवार्य गर्ने निर्णय गरिएको बताए ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  १ : ५९ बजे

तयारी पोशाक निर्यात बढाउन नीतिगत र कानुनी सुधारको माग

काठमाडौँ- नेपाल तयारी पोशाक उद्योग संघले तयारी पोशाक क्षेत्रलाई दिगो,

चिनी उद्योगको जग्गामा प्रश्न उठाउनुभन्दा स्वदेशी उत्पादनमा जोड दिऔँ : मन्त्री साह

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक साहले व्यवसायको वातावरण बनाउन

मुग्लिन-मलेखु सडक धमाधम बन्दै (तस्बिरहरू)

काठमाडौं– मुग्लिन–नागढुंगा सडक आयोजनाअन्तर्गतको पश्चिम खण्ड (मुग्लिन–मलेखु) स्तरोन्नतिको काम धमाधम

प्रदेश प्रमुख भट्टसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदन पेस

गण्डकी– गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान

मन्त्रिपरिषद्का निर्णय : नर्वेबाट १० करोड अनुदानदेखि सचिवको पदस्थापनसम्म

काठमाडौँ- सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरण प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन