किसानले पाएनन् धानको समर्थन मूल्य | Khabarhub Khabarhub

किसानले पाएनन् धानको समर्थन मूल्य


२२ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङमा सरकारीस्तरबाट तोकिएको धानको समर्थन मूल्य किसानले पाउन सकेका छैनन् । किसानले धान बिक्री गर्ने समयमा पनि सरकारीस्तरबाट निर्धारण गरिएको समर्थन मूल्यमा बिक्री हुनसकेको छैन । जिल्लामा किसान तथा व्यापारीको सहमतिमा मूल्य निर्धारण गरेर आफूखुशी खरिद बिक्री भइरहेको छ ।

लमही नगरपालिका–३ फल्कापुरका कमल चौधरीले गत वर्ष मोटो धान रु दुई हजार क्विन्टल बिक्री गरेका थिए। यसपाली पनि सोही मूल्यमा २०० क्विन्टल धान बिक्री गरेको र बाँकी ३०० क्विन्टल धान पनि सोही मूल्यमा बेच्नुपर्ने बाध्यता भएको बताए । घरमा राख्दा भण्डारण गर्ने ठाउँ नहुँदा व्यापारीले तोकेको मूल्यमा धान बेच्न बाध्य भएको उनले बताए ।

राप्ती गाउँपालिका–२ का पुरन चौधरीले मझौला धान प्रतिक्विन्टल रु दुई हजार १०० मा स्थानीय व्यापारीलाई बेचेको बताए । समयमा प्रशस्त पानी परेको र समयमा मल उपलब्ध भएका कारण धान उत्पादन राम्रो भए पनि बिक्री गर्दा मूल्य नै पाउन नसकेको र उत्पादनअनुसारको मूल्य नपाउँदा श्रम त्यसै खेर गएको गुनासो गरे ।

सङ्घीय सरकारले किसानको सहुलियतका लागि रोपाइँ गर्ने बेलामा धानको समर्थन मूल्य तोकेको थियो । यहाँ हालसम्म पनि धानको समर्थन मूल्य नतोकिएको किसानको गुनासो छ । सङ्घीय सरकारले तोकेको मूल्य नै जिल्लामा अनुमोदन हुने भए पनि हालसम्म निर्णय हुनसकेको छैन । धानको मूल्य निर्धारण नहुँदा किसानले सरकारले तोकेको धानको मूल्य पाउन सकेका छैनन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरले धान खरिद नगरेका कारण सस्तोमा बिक्री गर्नु परेको किसानको भनाइ छ । कृषि ज्ञान केन्द्रले अनुसार जिल्लामा यो वर्ष धान उत्पादनमा वृद्धि भएको जनाएको छ । केन्द्रको तथ्याङ्कअनुसार नौ हजार ३०५ मेट्रिकटन बढी धान उत्पादन भएको छ । अठतीस हजार ४९७ हेक्टर क्षेत्रफलमा धानखेती गरिएकामा एक लाख ७९ हजार मेट्रिकटन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रका कृषि अर्थविज्ञ उमेशचन्द्र श्रेष्ठले जानकारी दिए ।

यस्तै गत वर्ष ३७ हजार ७१० हेक्टर क्षेत्रफलमा धानखेती गरिएकामा एक लाख ६९ हजार ६९५ टन धान उत्पादन भएको थियो । यस वर्ष धानखेतीको क्षेत्रफलसमेत बढेको छ । ज्ञान केन्द्रका अनुसार गत वर्षभन्दा यस वर्ष धानको क्षेत्रफल ७८७ हेक्टर वृद्धि भएको हो ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  ३ : ४५ बजे

अरुण नदीमा बेपत्ता दुई बालिका अझै भेटिएनन

भोजपुर – अरुण नदीमा बेपत्ता भएका दुई बालिका अझै भेटिएका

प्रदेश सरकार खेलकुदको विकासका लागि प्रतिबद्ध छः मुख्यमन्त्री सिंह

धनुषा – मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले खेलाडीले मेहनत गरेर

फेवाताल किनारमा ३६० सीमा स्तम्भ गाडिए

कास्की – पर्यटन राजधानी पोखरास्थित प्रमुख पर्यटकीय गन्तव्य फेवातालको ताल

दृष्टि मिडियाका अध्यक्ष र कार्यकारी सम्पादक धरौटी तिरेर रिहा

काठमाडौं – अदालतको अवहेलनासम्बन्धी मुद्दामा दृष्टि मिडिया प्रालिका अध्यक्ष शम्भुलाल

बैंक लुटपाटमा संलग्न एक अभियुक्त पक्राउ

सिरहा – सिरहाको कल्याणपुरस्थित ग्लोबल आइएमई बैंक शाखाबाट रु नौ