यी हुन् चिसो मौसममा देखिने शारीरिक समस्या र समाधानका उपाय « Khabarhub

यी हुन् चिसो मौसममा देखिने शारीरिक समस्या र समाधानका उपाय


२२ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अहिले चिसो मौसम छ । अस्पतालहरुमा चिसोका कारण दम, रुघाखोकी, निमोनियाका बिरामी बढेका छन् । जाडोले बालबालिका, वृद्धवृद्धा र सुत्केरी तथा गर्भवती महिलाहरु बढी जोखिममा हुन्छन् ।

जाडो मौसममा आफ्नो स्वास्थ्यलाई ख्याल गरिएन भने चिसोका कारण मानिसको मृत्युसमेत हुनसक्छ । त्यसैले जाडो मौसममा लाग्न सक्ने रोग र त्यसबाट बच्न समयमै सचेत हुनुपर्छ ।

 

चिसोका कारण हुने स्वास्थ्य समस्या यस्ता छन् 

जाडो मौसममा रुघा लाग्ने
छाती दुख्ने
बालबालिकामा निमोनिया हुने
रक्तचाप बढ्ने
मुटुको चालमा गडबडी हुने
हार्टअट्याक
दम बढ्ने
हातखुट्टा फुस्रो हुन्छ

चिसोबाट बच्न यी कुरामा ध्यान दिनुहोस्

तातो, पोसिलो तथा झोलिलो खाना खाने ।
न्यानो कपडा लगाउने ।
टाउको र हातखुट्टालाई तातो पार्नुपर्छ ।
तोरीको तेलले शरीर तथा हातखुट्टा मालिस गर्ने ।
चिसो लागिहालेमा दुधमा मरिच र बेसार हालेर खाने ।
चिसो लाग्न नदिन अदुवा र विरे नुन हालेर पानी उमालेर पिउने ।
नियमित तातो पानी खाने ।

जाडो मौसममा चिसोबाट बच्न मानिसहरु आगो तथा हिटर ताप्ने गर्छन् । आगो ताप्दा प्लास्टिकको झोलाहरु पनि बालेर आगो ताप्ने गरिन्छ । यसरी आगो ताप्दा हातखुट्टा, अनुहार सुख्खा भएर फुट्ने र स्वास्थ्यमा अन्य असर गर्छ । त्यसैले प्लास्टिकको प्रयोग गरेर आगो ताप्न हुदैन ।

यस्तै हिटर ताप्दा झ्यालढोका बन्द गरेर ताप्दा कोठामा अक्सिजन कम भइ मानिसको मृत्यु समेत हुन सक्छ । त्यसैले जाडो मौसममा चिसोबाट बच्ने प्रमुख उपाय न्यानो कपडाको प्रयोग नै हो ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  ५ : ५२ बजे

तलेजु भवानीको दर्शन गर्न भक्तपुरमा भक्तजनको ओइरो

भक्तपुर– हरेक वर्ष शारदीय नवरात्रको महानवमीका दिन मात्र सर्वसाधारणका लागि

सडक सम्पर्क विच्छेद भएका बस्तीमा ड्रोनबाट राहत सामग्री

काठमाडौँ– बाढीका कारण सडक सम्पर्क विच्छेद भएका गोरखाका दुर्गम बस्तीमा

हिरासतमा रहेकी सुकीलाई बेलायती राजा चार्ल्सको उपहार

याङ्गुन – म्यान्मामा हिरासतमा रहेकी नोबेल शान्ति पुरस्कार विजेता आङ

निषेधित क्षेत्र घुमेका पर्यटकबाट बर्सेनि उठ्छ करोडौँ राजस्व

गण्डकी– अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने निषेधित क्षेत्रमा अनुमति लिएर भ्रमण

मालीमा सशस्त्र समूहको आक्रमणमा ५० जनाको मृत्यु

बामाको – मालीको उत्तरपूर्वी मेनाका क्षेत्रमा सशस्त्र समूहले गरेको आक्रमणमा