उपयोगिताविहीन हुँदै हुलाक सेवा, कामै नगरी दिन काट्छन् कर्मचारी « Khabarhub

उपयोगिताविहीन हुँदै हुलाक सेवा, कामै नगरी दिन काट्छन् कर्मचारी


२३ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेँसीशहर– लमजुङस्थित जिल्ला हुलाक कार्यालयसहित सबै हुलाक उपयोगिताविहीन बनेको छ । विगतमा अति उपयोगी र प्रभावकारी सञ्चार सेवा प्रदान गर्दै आइरहेको हुलाक सेवा पछिल्लो समय अनुकूल र प्रविधिमैत्री हुन नसक्दा प्रयोगहीन बन्दै गएको हो ।

चिठीपत्र आदाप्रदान गर्ने चलन हराउँदै गएको र नयाँ–नयाँ प्रविधि र सञ्चारका तरौतरिका अनुरुप हुलाकले सेवा दिन नसकेपछि यसको प्रभावकारिता र उपयोगिता घट्दै गएको जनाइएको छ ।

दूधपोखरी गाउँपालिकाका वृद्ध ९५ वर्षीय विकास घिमिरेले भने, ‘हुलाकी दाइ गाउँमा आएको देखेपछि विदेशमा गएका छोरा र आफन्तको खबर आयो कि भन्दै सोध्ने गर्दथ्यौँ, खबरको माध्यम भनेकै चिठीपत्र थियो । अहिले नयाँ पिँढीलाई हुलाक सेवा भनेकै थाहा छैन ।’

बेँसीशहर नगरपालिका–८ की १७ वर्षीया सिर्जना श्रेष्ठले भनिन्, ‘हुलाक भनेको सुनेको छु तर यसको काम के हो ? कुनै जानकारी छैन ।’ उनलाई अहिलेसम्म हुलाक सेवा आवश्यकता परेको छैन ।

जिल्ला हुलाक कार्यालय लमजुङका निमित्त हुलाक अधिकृत ज्ञानेन्द्र मरासिनीले प्रविधिको युगसँगै हुलाकको ढाँचा परिवर्तन हुन नसक्दा सरकारी कामकाजका चिठी, पत्रपत्रिका आदानप्रदान, हुलाक टिकट बिक्री, कहिलेकाहीँ बैंकबाट ऋण लगेर भाका नाघेका व्यक्तिलाई चिठी पठाउनेलगायतका मात्रै हुने गरेको जानकारी दिए ।

अहिले हुलाक सेवाबाट भन्दा इन्टरनेट, इमेल, मोबाइल, वेबसाइटजस्ता नयाँ प्रविधिले छिटो–छरितो सञ्चार सेवा प्रवाह गर्ने भएकाले हुलाक सेवा उपयोगीविहीन बन्दै गएको उनले बताए ।

जिल्ला हुलाक कार्यालयमा सरकारी चिठी र केही व्यक्तिको पार्सललगायतका १०/१२ वटा चिठी दैनिक आउने गरेको छ ।

जिल्लामा १ जिल्ला हुलाक कार्यालय, १० इलाका, ५० अतिरिक्त हुलाक गरी ६१ हुलाक कार्यालय छन् । यी सबै कार्यालयमा २१० भन्दा बढी कर्मचारी छन् ।

प्रकाशित मिति : २३ पुस २०७६, बुधबार  ११ : ३२ बजे

सर्लाहीमा ड्युटीमा खटिएका मतदान अधिकृतको मृत्यु 

काठमाडौं– प्रतिनिधि सभा निर्वाचनको तयारी तीव्र भइरहेका बेला सर्लाहीमा खटिएका

लर्निङ रेल्म इन्टरनेसनलको वार्षिकोत्सवमा ‘बाल संसद’ नमुना सत्र सम्पन्न

काठमाडौं– लर्निङ रेल्म इन्टरनेसनल स्कुलले आफ्नो ३८औँ वार्षिकोत्सवको अवसरमा विद्यालय

आयोगले भन्यो- सुरक्षाको भरपर्दो प्रबन्ध गरेका छौँ, ढुक्कसँग मतदान गर्नुस्

काठमाडौं– निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

नाग्म–गमगढी सडक कालोपत्र गर्न ठेक्का आह्वान

जुम्ला– राराताल जाने नाग्म–गमगढी सडकको कालोपत्र गर्ने ठेक्का आह्वान गरिएको

रुसको दाबी : इरानले आणविक हतियार विकास गरेको प्रमाण भेटिएन

मस्को-रुसले इरानले आणविक हतियार विकास गरिरहेको कुनै प्रमाण अहिलेसम्म नदेखिएको