जाडोमा छाला सुख्खा हुन नदिन यस्तो गर्नुस् « Khabarhub

जाडोमा छाला सुख्खा हुन नदिन यस्तो गर्नुस्


२३ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाडो मौसममा चिसोका कारण छाला सुख्खा हुने समस्या धेरैमा हुन्छ । छालाको सुन्दरताका लागि जाडो मौसम उपयुक्त होइन । त्यसैले जाडोको समयमा छालाको विशेष हेरचाह गर्नुपर्छ ।

चिसोका कारण ओठ, मुख र शरीर सुख्खा हुन्छ । सुख्खा छालामा छालासम्बन्धि रोगहरु बल्झिन्छ ।  हाम्रो शरीरको तापक्रम भन्दा बाहिरी वातावरणको तापक्रम कम भएका वातावरणले  शरीरको ताप तान्न थाल्छ । जसले गर्दा हाम्रो शरीरबाट पानीको मात्रा कम हुन्छ र छाला सुख्खा हुने समस्या देखिन्छ ।

यस्तै केही व्यक्तिमा भने वंशागुगत वा जन्मजात छाला सुख्खा हुने समस्या पनि हुन्छ । एलर्जी, दम, थाइराइडका बिरामी, हर्माेनकाे समस्या, भिटामिन डी र ईको कमी भएका व्यक्तिमा छाला सुख्खा हुन्छ ।

यसकारण हुन्छ छाला सुख्खा

–धेरै तातोपानीले नुहाउँदा,

– साबुनको धेरै प्रयोग गर्दा छाला फुट्ने समस्या बढ्छ,

–सुगरको औषधि सेवन गर्ने व्यक्तिमा छाला सुख्खा हुने समस्या हुन्छ,

–ब्लड प्रेसरको औषधि सेवा गर्नेहरुमा छाला सुख्खा हुने समस्या हुन्छ ।

छाला सुख्खा हुन नदिन यस्तो गर्नुस्

– खानपानमा विशेष ध्यान दिने,

–धेरै तातो पानीले ननुहाउने,

–प्रशस्त पानी पीउने,

–जाडो मौसम सुरु भएसँगै शरीर ढाक्ने कपडा लगाउने,

–छालामा टाँसिने गरी सुतीको कपडा प्रयोग गर्ने,

–हातमुख धुदा वा नुहाउँदा कडा खालको साबुन प्रयोग नगर्ने,

–नुहाएपछि तेल वा मोस्चराइजर लगाउने,

– छाला धेरै सुख्खा भएर हात खुट्टा फुट्ने समस्या छ भने मनतातो पानीमा नुन राखेर डुबाउने त्यसपछि तेल लगाउने ।

प्रकाशित मिति : २३ पुस २०७६, बुधबार  २ : ५७ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्