जाडोमा छाला सुख्खा हुन नदिन यस्तो गर्नुस् | Khabarhub Khabarhub

जाडोमा छाला सुख्खा हुन नदिन यस्तो गर्नुस्


२३ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाडो मौसममा चिसोका कारण छाला सुख्खा हुने समस्या धेरैमा हुन्छ । छालाको सुन्दरताका लागि जाडो मौसम उपयुक्त होइन । त्यसैले जाडोको समयमा छालाको विशेष हेरचाह गर्नुपर्छ ।

चिसोका कारण ओठ, मुख र शरीर सुख्खा हुन्छ । सुख्खा छालामा छालासम्बन्धि रोगहरु बल्झिन्छ ।  हाम्रो शरीरको तापक्रम भन्दा बाहिरी वातावरणको तापक्रम कम भएका वातावरणले  शरीरको ताप तान्न थाल्छ । जसले गर्दा हाम्रो शरीरबाट पानीको मात्रा कम हुन्छ र छाला सुख्खा हुने समस्या देखिन्छ ।

यस्तै केही व्यक्तिमा भने वंशागुगत वा जन्मजात छाला सुख्खा हुने समस्या पनि हुन्छ । एलर्जी, दम, थाइराइडका बिरामी, हर्माेनकाे समस्या, भिटामिन डी र ईको कमी भएका व्यक्तिमा छाला सुख्खा हुन्छ ।

यसकारण हुन्छ छाला सुख्खा

–धेरै तातोपानीले नुहाउँदा,

– साबुनको धेरै प्रयोग गर्दा छाला फुट्ने समस्या बढ्छ,

–सुगरको औषधि सेवन गर्ने व्यक्तिमा छाला सुख्खा हुने समस्या हुन्छ,

–ब्लड प्रेसरको औषधि सेवा गर्नेहरुमा छाला सुख्खा हुने समस्या हुन्छ ।

छाला सुख्खा हुन नदिन यस्तो गर्नुस्

– खानपानमा विशेष ध्यान दिने,

–धेरै तातो पानीले ननुहाउने,

–प्रशस्त पानी पीउने,

–जाडो मौसम सुरु भएसँगै शरीर ढाक्ने कपडा लगाउने,

–छालामा टाँसिने गरी सुतीको कपडा प्रयोग गर्ने,

–हातमुख धुदा वा नुहाउँदा कडा खालको साबुन प्रयोग नगर्ने,

–नुहाएपछि तेल वा मोस्चराइजर लगाउने,

– छाला धेरै सुख्खा भएर हात खुट्टा फुट्ने समस्या छ भने मनतातो पानीमा नुन राखेर डुबाउने त्यसपछि तेल लगाउने ।

प्रकाशित मिति : २३ पुस २०७६, बुधबार  २ : ५७ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर