यस्तो छ सुलेमानीलाई मार्न अमेरिकाले प्रयोग गरेको घातक ‘ड्रोन’ | Khabarhub Khabarhub

यस्तो छ सुलेमानीलाई मार्न अमेरिकाले प्रयोग गरेको घातक ‘ड्रोन’


२३ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिकाले ३ जनावरीमा इराकको बग्दाद विमानस्थल नजिक ड्रोनबाट एक हवाई हमला गरेर इरानका अल कुर्स फोर्सका प्रमुख कासिम सुलेमानीको हत्या गरेको थियो ।

जासूस सूत्रले अमेरिकी मिडियामा बताए अनुसार यो अप्रसेसन सीधा राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा भएको थियो र यसको पूर्व तयारी पनि गरिएको थियो ।

समाचारहरुका अनुसार सुलेमानी केही समय पहिला इराक पुगेका थिए र दुई गाडी लिएर हिँडेका थिए जसमा इरान समर्थित इराकी सेनाका मानिस पनि सहभागी भए ।

सुरुमा अमेरिकी सेनाले हेलिकोप्टरद्वारा इराकमा यस हमला गरेको समाचारहरु बाहिरिएका थिए ।

ड्रोनबाट गरिएको थियो हमला

तर अमेरिकी मिडियाहरुका अनुसार यो हमला मानवरहित एयरक्राफ्ट एमक्यू–९ रीपरको माध्यमबाट भएको थियो । यो एक ड्रोन हो जो अधिकतम ४८० किलोमिटर प्रतिघन्टाको गतिमा उडान भर्न सक्छ ।

न्यूयोर्क टाइम्सले सरकारी स्रोतको हवाला दिँदै लेखेको छ कि ड्रोनले दुई कारमा दुई मिसाइल आक्रमण गरेको थियो । यो मिसाइलले आफ्नो लक्ष्यमाथि विमानस्थलको कार्गो टर्मिनल निकट प्रहार गरेको थियो ।

अरबी टेलिभिजन अल अरेबियाले आफ्नो रिपोर्टमा उल्लेख गरे अनुसार हेलफायर आर ९ एक्स मिसाइल थियो जसलाई निन्जा पनि भनिन्छ । हवाबाट पृथ्वीमा मार हान्ने यो मिसाइल युद्ध ट्यांक नष्ट गर्नका लागि बनाइएको थियो जसलाई हेलिकोप्टर या हवाइ जहाजको माध्यमबाट छोड्न सकिन्छ । रिपोर्टका अनुसार मध्य पूर्वको कुनै अप्रेसनमा अमेरिकाले नवौपटक यस खालको मिसाइलको प्रयोग गरेको छ ।

एयरक्राफ्ट एमक्यू–९ रीपर ४ हजार ९०० पाउन्डको वजनको हुन्छ । यो ड्रोनमा २ हजार २०० लीटर इन्धन भर्न सकिन्छ । यो ४ हजार ७६० किलो वजन बोकेर २३० किमी प्रतिघन्टाको रफ्तारमा उडान भर्न सक्ने क्षमताको रहेको छ । यो ड्रोनको प्रयोग निगरानी गर्न, खोज अभियान चलाउन तथा राहात –बचाव मिशनमा पनि गरिन्छ ।

एमक्यू–९ रिपर ड्रोन २००७ देखि प्रयोग गरिदै आएको छ । यसको पंखाको लम्बाइ ६६ फीट रहेको छ । यो ड्रोनको मूल्य ६ करोड ४२ लाख डलर पर्छ । एमक्यू–९ रिपर ड्रोन चलायमान निशानामा सटिकताका साथ प्रहार गर्न सक्षम रहेको छ । यसबाट हेलफायर मिसाइललाई सहज प्रहार गर्न सकिन्छ । यो ड्रोनमा एक पाइलट तथा सेन्सर अपरेटर बस्ने ठाउँ पनि रहेको छ ।

अमेरिकाले शुक्रबार इराकको राजानी बगदादमा एमक्यू–९ रिपर ड्रोनबाट हवाई हमला गरेको थियो । यो हमलामा इरानका वरिष्ठ कमाण्डर जनरल कासिम सुलेमानी सहित अन्य ८ जनाको मृत्यू भएको अमेरिकी दाबी रहेको छ ।

सुलेमानीको हत्यापछि इरानले बुधवार इराकमा रहेको दुई अमेरिकी सेनाको अखडामा क्षेप्यास्त्र आक्रमण गरेको छ ।

प्रकाशित मिति : २३ पुस २०७६, बुधबार  १२ : ३५ बजे

आजका समाचार : शोकबिदाले विवादमा सरकार, मन्त्री फेर्ने तयारीमा ओली-देउवा र अमेरिकी निर्णयले विश्वभर तरंग

राष्ट्रिय सम्मानका साथ पूर्वसभामुख ढुङ्गानाको अन्त्येष्टि गर्ने सरकारको निर्णय मन्त्रिपरिषद

चिया ऐन बनाउन सभामुख घिमिरेसँग माग

झापा– प्रादेशिक चिया समन्वय समितिले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई आज

फ्लप भयो बबी र सूर्या अभिनित ‘कंगुवा’

काठमाडौं- तमिल नायक सूर्या र बलिउड नायक बबी देओल अभिनित

‘होस्टेल ३’ : अस्ट्रेलिया र न्युजिल्यान्डको प्रदर्शन अधिकार पनि बिक्यो

काठमाडौं- छायाङ्कनरत फिल्म ‘होस्टल-३’को अस्ट्रेलिया र न्यूजिल्यान्डको प्रदर्शन अधिकार बिक्री

‘पुष्पा– २’को ट्रेलरको भ्युज : २४ घण्टामै १० करोड नजिक

काठमाडौं‍- आगामी डिसेम्बर ५ बाट दक्षिण भारतीय फिल्म ‘पुष्पा–२’ प्रदर्शनमा