राज कपूरको ‘मेरा नाम जोकर’सँग मिल्छ विपिनको ‘सेल्फी किङ’ ? « Khabarhub

राज कपूरको ‘मेरा नाम जोकर’सँग मिल्छ विपिनको ‘सेल्फी किङ’ ?


२३ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आउँदो माघ २४ गतेदेखि प्रदर्शनमा आउने विपिन कार्की स्टारर फिल्म ‘सेल्फी किङ’ को बुधवार ट्रेलर सार्वजनिक गरियो । राजधानीमा एक कार्यक्रमको आयोजना गरी फिल्मको ट्रेलर सार्वजनिक गरिएको थियो ।

कार्यक्रममा लेखक तथा निर्देशक विशाल सापकोटा, निर्माताद्वय दिनेश राउत र सुभाष थापा, कलाकारहरु विपिन कार्की, लक्ष्मी बर्देवा, अभय बराल, भुवन चन्द लगायत उपस्थित थिए ।

ट्रेलर सार्वजनिकपछि फिल्मलाई लिएर पत्रकारले केही प्रश्न सोधे । एक पत्रकारले निर्माण टिमलाई सोधे – के यो फिल्म राज कपूरको हिन्दी फिल्म ‘मेरा नाम जोकर’ सँग मिल्छ त ?

यसको उत्तरमा फिल्ममा शीर्ष भूमिका निभाएका विपिनले भने – ‘होइन । मलाई त्यस्तो लागेन ।’

‘मेरा नाम जोकर’ मा राज कपूरले जोकरको भूमिका निभाएका छन् । यो फिल्मसँग नेपाली फिल्म ‘सेल्फी किङ’ को कथानक मिल्छ कि भनेर आशंका गरिएको थियो ।

तर निर्माण टिमले फिल्मको कथा नमिल्ने बतायो । विपिनले भने, ‘एक हास्यकलाकारको जीवनमा आधारित फिल्म भएकाले उस्तै हो कि भन्ने लाग्ला तर त्यो फिल्म र हाम्रो फिल्म मिल्दैन ।’

हास्य कलाकारको जीवनमा आधारित जति फिल्म बनेका भए पनि यो फिल्म भने नेपाली कलाकारको जीवनमा आधारित भएको निर्माण टिमले बतायो ।

अभिनेता विपिन कार्कीले भने, ‘यो फिल्मको कथासँग मेरो पनि अलिअलि मेल खान्छ, हुन त सबै कलाकारको अवस्था उस्तै हुन्छ, सम्रगमा सबै कलाकारको जीवनको केही न केही हिस्सा फिल्मसँग मिल्छ ।’

फिल्मका निर्देशक विशाल सापकोटाले एक पत्रिकामा पढेको लेख चित्त बुझेर त्यसैलाई फिल्मको स्वरुप दिएको प्रतिक्रिया दिए । ‘मैले कुनै एक व्यक्तिको जीवनलाई पर्दामा उतारेको होइन, तर कलाकारको जीवन पर्दामा देख्न सकिन्छ,’ उनले भने ।

सापकोटाले भोलिका दिनमा कपीराइट क्लेम नै भयो भने पनि फरक नपर्ने प्रतिक्रिया दिए ।

केहीले ‘सेल्फी किङ’ लाई हलिउड फिल्म ‘जोकर’ सँग पनि मेल खाने बताए । तर, निर्माण टिमले ‘जोकर’ सँग पनि मेल नखाने दाबी गर्‍यो ।

फिल्ममा विपिनकै शीर्ष भूमिका रहनेछ भने लक्ष्मी बर्देवाले विपिनकी पत्नीको भूमिका निभाएकी छिन् । कार्यक्रममा बोल्दै लक्ष्मीले पनि यो फिल्ममा काम गर्न पाउँदा खुशी लागेको प्रतिक्रिया दिइन् ।

यसअघि ‘प्रसाद’ निर्माण गरेको टिमले फिल्म निर्माण गरेको हो । फिल्मको स्किृप्ट विशाल सापकोटाले लेखेका हुन् ।

प्रकाशित मिति : २३ पुस २०७६, बुधबार  ४ : ०० बजे

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

दोधारा चाँदनी– सुदूरपश्चिम विश्वविद्यालयको ३०० बिघा जग्गा अतिक्रमण भएको छ

आगामी बजेट निजी क्षेत्रमैत्री र उत्पादनमुखी बनाउन आग्रह

काठमाडौं–  नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्ष २०८३-८४ को

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं– सिराहाको गोलबजार नगरपालिका-६ स्थित सडकमा ना.१ क ९२२८ नम्बरको टिपरको ठक्करबाट

मेलम्ची खानेपानी आयोजनालाई दिगो र सुरक्षित बनाउँछौँ : खानेपानीमन्त्री मेहता

काठमाडौं– खानेपानीमन्त्री निशा मेहताले मेलम्ची खानेपानी आयोजनालाई दिगो र सुरक्षित

पालिकाबाटै स्थायी लेखा नम्बर वितरण

गलकोट– आन्तरिक राजस्व कार्यालय बागलुङले स्थानीय तहबाटै स्थायी लेखा नम्बर