प्रहरीलाई घुस दिन खोज्ने गोरु व्यापारीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता « Khabarhub

प्रहरीलाई घुस दिन खोज्ने गोरु व्यापारीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता


२३ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरीलाई घुस दिन खोज्ने गोरु व्यापारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

रुपेन्देहीको बसन्तपुर गाउँपालिका–४ स्थायी घर भइ हाल स्याङ्जाको वालिङ नगरपालिका–८ बस्ने जहरुदिन तेलीविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको हो ।

अख्तियारका अनुसार गोरु खरिदबिक्री गर्ने तेलीले आफ्नो व्यवसायमा सहजता प्रदान गरिदिन भन्दै वडा प्रहरी कार्यालय वालिङ, स्याङ्जाका प्रहरी निरीक्षक (इन्सपेक्टर)लाई घुस दिन खोजेका थिए ।

आफूलाई घुस दिन खोज्ने तेलीलाई नियन्त्रणमा लिँदै वडा प्रहरी कार्यालय वालिङले अख्तियारको जिम्मा लगाएको थियो ।

तेलीमाथि अनुसन्धान गरेको अख्तियारले आफ्नो गोरु व्यापार सहज गरिदिन उनले प्रहरीलाई घुस दिएको भेटिएको जनाएको छ ।

अख्तियारले तेलीविरुद्ध १५ हजार रुपैयाँ बिगो कायम गरी बिगोअनुसार जरिवाना र ३ महिनासम्म कैद सजाय मागदाबी गरेको छ ।

प्रकाशित मिति : २३ पुस २०७६, बुधबार  ३ : ५३ बजे

म्याग्दीका उत्कृष्ट २० कृषक पुरस्कृत

म्याग्दी – म्याग्दीका उत्कृष्ट २० कृषकलाई पुरस्कृत गरिएको छ ।

सडक सुरक्षाप्रति लापरबाहीले दुर्घटना बढ्दो

सिरहा – सडक सुरक्षाप्रति पर्याप्त ध्यान नदिँदा सिरहामा सवारीसाधन दुर्घटना

विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प छैन : प्रचण्ड

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान

दोलखामा १३ सय ५० जना निर्वाचन प्रहरी माग, ९ सय मात्रैले दिए आवेदन

दोलखा- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि निर्वाचन