मलद्वारमा सुन लुकाएर ल्याएका अर्का भारतीय नागरिक विमानस्थलबाट पक्राउ « Khabarhub

मलद्वारमा सुन लुकाएर ल्याएका अर्का भारतीय नागरिक विमानस्थलबाट पक्राउ


२३ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि अर्का भारतीय नागरिक मलद्वारामा लुकाएर ल्याइएको सुनसहित पक्राउ परेका छन् ।

प्रहरीको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार भारतीय नागरिक मोहम्म तोसिद करिब ६ सय ग्राम सुनसहित पक्राउ परेका हुन् ।

उनी थाइ एयरको उडानबाट काठमाडौं उत्रिएका तोसिदलाई शंकाको आधारमा परीक्षण गर्दा उनले मलद्वारा सुन लुकाएर ल्याएको भेटिएको हो ।

१० दिनको अवधिमा विमानस्थल प्रहरीले सुन तस्करी गर्ने ६ जना भारतीय नागरिकलाई पक्राउ गरिसकेको छ । जसमध्ये ४ जना मलद्वारमा सुन लुकाएर ल्याउने छन् ।

उनीहरुको साथबाट ५ किलोभन्दा बढी सुन बरामद भइसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ पुस २०७६, बुधबार  ४ : ११ बजे

म्याग्दीका उत्कृष्ट २० कृषक पुरस्कृत

म्याग्दी – म्याग्दीका उत्कृष्ट २० कृषकलाई पुरस्कृत गरिएको छ ।

सडक सुरक्षाप्रति लापरबाहीले दुर्घटना बढ्दो

सिरहा – सडक सुरक्षाप्रति पर्याप्त ध्यान नदिँदा सिरहामा सवारीसाधन दुर्घटना

विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प छैन : प्रचण्ड

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान

दोलखामा १३ सय ५० जना निर्वाचन प्रहरी माग, ९ सय मात्रैले दिए आवेदन

दोलखा- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि निर्वाचन