इरान र इराकमा रहेका नेपालीलाई सम्पर्कमा आउन दूतावासको आग्रह « Khabarhub

इरान र इराकमा रहेका नेपालीलाई सम्पर्कमा आउन दूतावासको आग्रह


२३ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–पाकिस्तानस्थित नेपाल दूतावासले इरान र इराकमा रहेका नेपालीहरुलाई दूतावासको सम्पर्कमा आउन आग्रह गरेको छ ।

इरानले अमेरिकी सैनिक रहेको दुई अड्डाहरूमा लक्षित गर्दै एक दर्जन भन्दा बढी क्षेप्यास्त्र आक्रमण गरेको थियो ।

त्यसपछि सुरक्षाको कारण देखाउँदै दूतावासले इरान र इराकमा रहेका नेपालीलाई तत्काल दूतावासको सम्पर्कमा आउन अपिल गरेको छ । दूतावासले नेपालीहरुका लागि दूतावासको टेलिफोन नम्बर २४ घन्टा खुल्ला राख्ने पनि जनाएको छ ।

इरान र इराकमा रहेका नेपाली सूरक्षीत रहेको दूतावासले जनाएको छ । हालसम्म कुनै पनि समस्या नआएको दूतावासले जनाएको छ ।

यस्तै, परराष्ट्र मन्त्रालयले मध्यपुर्व देश र खाडीका देशमा रहेका नेपाली दूतावासलाई २४ घन्टा सम्पर्कमा रहन निर्देशन दिएको छ । त्यहाँ समस्या आए उद्धारका लागि तत्काल खटनुपर्ने भएकाले तयारी अवस्थामा बस्न मन्त्रालयले दूतावासलाई निर्देशन दिएको छ ।

इरान र इराकमा करिब ४० हजार नेपाली रहेको सरकारी अनुमान छ । मभ्यपुर्व र खाडीका दे्शमा १७ लाखभन्दा धेरै नेपाली रहेको सरकारी अनुमान छ ।

प्रकाशित मिति : २३ पुस २०७६, बुधबार  ४ : २५ बजे

लामिछानेको रिट ’हेर्दाहेर्दै’मा बिहीबार सुनुवाइ हुने

काठमाडौं– सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

भयावह मूल्यवृद्धि रोक्न पेट्रोलियम पदार्थको मूल्यमा सहुलियत दिन कांग्रेस महामन्त्री पौडेलको आग्रह 

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मध्यपूर्वमा देखिएको द्वन्द्वको असर

‘गण्डकी प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट २०८३’ बन्दीपुरमा हुने

गण्डकी– तनहुँको बन्दीपुरमा गण्डकी प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट २०८३ आयोजना

हत्या गरेको अभियोगमा एकजना पक्राउ

बाँके– बैजनाथ गाउँपालिका-५ छमनिया बस्ने ५१ वर्षीया भगवनी थारूको हत्या गरेको अभियोगमा

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ

कास्की– मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा दुई जनालाई आइतबार प्रहरीले