इरान र इराकमा रहेका नेपालीलाई सम्पर्कमा आउन दूतावासको आग्रह | Khabarhub Khabarhub

इरान र इराकमा रहेका नेपालीलाई सम्पर्कमा आउन दूतावासको आग्रह


२३ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–पाकिस्तानस्थित नेपाल दूतावासले इरान र इराकमा रहेका नेपालीहरुलाई दूतावासको सम्पर्कमा आउन आग्रह गरेको छ ।

इरानले अमेरिकी सैनिक रहेको दुई अड्डाहरूमा लक्षित गर्दै एक दर्जन भन्दा बढी क्षेप्यास्त्र आक्रमण गरेको थियो ।

त्यसपछि सुरक्षाको कारण देखाउँदै दूतावासले इरान र इराकमा रहेका नेपालीलाई तत्काल दूतावासको सम्पर्कमा आउन अपिल गरेको छ । दूतावासले नेपालीहरुका लागि दूतावासको टेलिफोन नम्बर २४ घन्टा खुल्ला राख्ने पनि जनाएको छ ।

इरान र इराकमा रहेका नेपाली सूरक्षीत रहेको दूतावासले जनाएको छ । हालसम्म कुनै पनि समस्या नआएको दूतावासले जनाएको छ ।

यस्तै, परराष्ट्र मन्त्रालयले मध्यपुर्व देश र खाडीका देशमा रहेका नेपाली दूतावासलाई २४ घन्टा सम्पर्कमा रहन निर्देशन दिएको छ । त्यहाँ समस्या आए उद्धारका लागि तत्काल खटनुपर्ने भएकाले तयारी अवस्थामा बस्न मन्त्रालयले दूतावासलाई निर्देशन दिएको छ ।

इरान र इराकमा करिब ४० हजार नेपाली रहेको सरकारी अनुमान छ । मभ्यपुर्व र खाडीका दे्शमा १७ लाखभन्दा धेरै नेपाली रहेको सरकारी अनुमान छ ।

प्रकाशित मिति : २३ पुस २०७६, बुधबार  ४ : २५ बजे

साउदी किङ कप : अल नासर फाइनलमा

काठमाडौं– अल नासर साउदी किङ कपको फाइनलमा प्रवेश गरेको छ

क्रिक्रेटको क्रेजले चिरेको निरासा

धार्मिक, सामाजिक र राजनीतिक रुपमा विचार र व्यवहारले विभक्त नेपाली

भाजपाको निमन्त्रणामा नेपाली नेताहरुको दिल्ली यात्रा

काठमाडौं– भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा नेपालका पाँच दलका पाँच

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

काठमाडौं– आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका

कस्तो अवस्थामा पानी पिउनु हानिकारक हुन्छ ?

काठमाडौं– पानी मावन जीवनमा अनिवार्य छ । पानी बिनाको जीवन