काठमाडौंमा पक्राउ परेका चिनियाँलाई विमानस्थल लगियो, दुई वटा विमानमा राखेर लगिँदै « Khabarhub

काठमाडौंमा पक्राउ परेका चिनियाँलाई विमानस्थल लगियो, दुई वटा विमानमा राखेर लगिँदै


२३ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–काठमाडौंमा अवैध गतिविधिमा संलग्न रहेपछि पक्राउ परेका मध्ये ४२ जना चिनियाँ नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगिएको छ ।

चीन पठाउनका लागि उनीहरुलाई भाडाको बसमा राखेर प्रहरीले विमानस्थल लगेको हो ।

महानगरीय प्रहरी वृत्त महाराजगन्ज र बूढानीलकण्ठ प्रभागमा राखिएका उनीहरुलाई बुधवार अपराह्यन विमानस्थल लगिएको हो ।

उनीहरुलाई चाइन इस्टर्न जहाज मार्फत चीन पठाइने छ । त्यस्तै बाँकी रहेका ८० जनालाई पनि आजै दोस्रो उडानमा चीन पठाउने तयारी भएको छ । उनीहरुलाई महानगरीय प्रहरी वृत्त सिंहदरबार, सोह्रखुट्टेमा राखिएकालाई राखिएको छ ।

उनीहरुलाई लैजानका लागि चीनले दुईवटा विमानको व्यवस्था गरेको थियो ।

काठमाडौंस्थित चिनियाँ दूतावासले १२२ जनाका लागि चीन प्रवेशको अनुमतिपत्र अध्यागमन विभागलाई बुझाइसकेको छ ।

पक्राउ परेकामध्ये ६७ जनासँग पासपोर्टसमेत नरहेकाले चिनियाँ दूतावासले ‘इन्ट्री डकुमेन्ट’ अध्यागमन विभागलाई उपलब्ध गराएको हो ।

चाइना साउदर्नको विमानमा ८० जना र चाइना इस्टर्नको विमानमा ४२ जनालाई राखेर लगिनेछ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको नेतृत्वमा महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध महाशाखाको टोलीले यही पुस ७ गते काठमाडौंका विभिन्न स्थानमा छापा मारी चिनियाँहरुलाई पक्राउ गरेको थियो ।

प्रहरीले उनीहरुलाई काठमाडौं सीडीओ कार्यालय बुझाएपछि सीडीओ कार्यालयले एक/एक हजार रुपैयाँ जरिवाना गरी उनीहरुलाई रिहा गर्ने आदेश दिएकोमा प्रहरीले तत्कालै अध्यागमन विभागमा बुझाएको थियो ।

प्रकाशित मिति : २३ पुस २०७६, बुधबार  ४ : ३९ बजे

हिमपातले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन

ढोरपाटन– हिमपातका कारण शुक्रबार रातिदेखि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालनमा

छ महिनाभित्र बाँकेमा ८६ जनामा कुष्ठरोग पुष्टि

जानकी– चालु आर्थिक वर्षको पहिलो छ महिनामा बाँकेसहित विभिन्न जिल्लाका

कर्णालीमा विद्यालय छोड्ने छात्रभन्दा छात्राको दर उच्च

कर्णाली– कर्णाली प्रदेशमा विद्यालय छोड्ने छात्रभन्दा छात्राको दर उच्च रहेको

मध्यपहाडको साइकलयात्रामा क्यान्सर विजेतासहितको टोली

गण्डकी– “क्यान्सरलाई जितेपछिको खुसी र सन्तुष्टि अरूलाई बाँड्न चाहन्छु”, हाल

‘जेनजी सहिद परिवारका २७ जनालाई रोजगारीको व्यवस्था गरिएको छ’

पाटन (ललितपुर)- उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जेनजी सहिद