विकृत मनस्थिति भएका व्यक्तिले २० करोड घुस मागेको आरोप लगाए– उपाध्यक्ष गिरी « Khabarhub

विकृत मनस्थिति भएका व्यक्तिले २० करोड घुस मागेको आरोप लगाए– उपाध्यक्ष गिरी


२३ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– झापाको बीएण्डसी मेडिकल कलेजका सञ्चालक दूर्गा प्रसाईंले आफूसँग २० करोड घुस माग गरेको भन्दै लगाएको आरोपप्रति चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले आपत्ति जनाएका छन् ।

गिरीले बुधबार दिउँसो पत्रकार सम्मेलन गर्दै प्रसाईंले आफूमाथि मिथ्या, कपोलकल्पित, भ्रामक र निन्दनीय आरोप लगाएको बताए ।

प्रसाईंले बुधबार दिउँसो पत्रकार सम्मेलन गर्दै आफ्नो मेडिकल कलेजलाई सम्बन्ध दिने प्रयोजनका लागि चिकित्सा शिक्षा अयोगका उपाध्यक्ष गिरीले २० करोड घुस मागेको आरोप लगाएका थिए ।

मेडिकल कलेजलाई सम्बन्धन दिनका लागि आयोगमा निवेदन दिएको र त्यसपछि उपाध्यक्ष गिरीले मंसिर १५ गते द्वारिकाज होटलमा भेट्न बोलाएर २० करोड घुस मागेको प्रसाईंको आरोप थियो ।

आफूले २० करोड रुपैयाँ घुस दिन नसक्ने जनाएपछि गिरीले आफ्नो सम्धीका नाममा २० प्रतिशत शेयर पास गर्नु भन्ने प्रस्ताव राखेको पनि प्रसाईंले आरोप लगाएका थिए ।

प्रसाईंले पत्रकार सम्मेलन गरेर घुस माग गरेको आरोप लगाएपछि गिरीले पनि बुधबार नै पत्रकार सम्मेलन आयोजना गरेर आफूमाथि आरोप प्रमाणित गर्न चुनौती दिए ।

‘चिकित्सा शिक्षा क्षेत्रमा भएका विकृति सुधारको आँट गरेर आयोगमा आएको हुँ,’ गिरीले भने, ‘विकृत मनस्थिति भएका व्यक्तिले चिकित्सा शिक्षा सुधारको अभियानमा अवरोध सिर्जना गर्न खोजेर नानाथरी आरोप लगाइरहेका छन् । मैले यो पदमा आउँदासम्म पनि कसैलाई १ रुपैयाँ खुवाएको छैन ।’

प्रकाशित मिति : २३ पुस २०७६, बुधबार  ४ : ४४ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने