असन्तुष्ट जिल्ला सभापतिहरुको भेला सकियो, देउवाबाट ‘ब्रेकफास्ट’ मिटिङको निम्तो | Khabarhub Khabarhub

असन्तुष्ट जिल्ला सभापतिहरुको भेला सकियो, देउवाबाट ‘ब्रेकफास्ट’ मिटिङको निम्तो


२३ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले असन्तुष्ट पक्षका जिल्ला सभापतिहरुसँग छलफल गर्ने भएका छन् ।

सोमबारदेखि पार्टी कार्यालय सानेमा भेला भएका संस्थापन इतरका जिल्ला सभापतिहरुलाई सभापति देउवाले विहीवार(भोलि) भेटघाटका लागि बोलाएका हुन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल–कृष्ण सिटौला समूहका जिल्ला सभापतिहरुलाई देउवाले छलफलका लागि बूढानिलकण्ठस्थित निवासमा बोलाएका हुन् ।

‘सभापति ज्यूले जिल्ला सभापतिहरुलाई छलफलका लागि बोलाउनु भएको छ’ नेपाली कांग्रेस काभ्रे जिल्ला अध्यक्ष मधु आचार्यले भने,‘भोलि विहान बूढानिलकण्ठस्थित देउवा निवासमा ‘ब्रेकफास्ट’ सहितको भेटघाट र छलफलको कार्यक्रम रहेको छ ।’

देउवा निकटका नेता डा प्रकाशशरण महतले विहीवार विहान बूढानिलकण्ठमा ३७ जना जिल्लासभापतिहरुलाई चियापानका लागि बोलाएको जानकारी दिए ।

‘राजधानीमा भेला हुनु भएका ३७ जिल्लाका सभापतिहरुलाई पार्टी सभापितले चियापानका लागि बुढानिलकण्ठमा बोलाउनु भएको छ’ डा महतले भने ।

सोमबारबाट सुरु भएको असन्तुष्ट पक्षका जिल्ला सभापतिहरुको भेला बुधवार समापन भएको छ ।

एकलौटी ढंगले महाधिवेशन घोषणा र विधान मिच्ने काम देउवाले गरेको भन्दै पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षका नेता, केन्द्रीय सदस्य र जिल्ला सभापतिले निर्णय सच्याउनु पर्ने माग राखेका छन् ।

देउवालाई दबाब दिनका लागि ४५ भन्दा बढी जिल्ला सभापतिहरू सानेपामा भेला भएका थिए । आयोजकले भने ५१ जिल्लाका सभापतिहरु भेला भएको दाबी गरेका छन् ।

पुस ११ गते सभापति देउवा पक्षका केन्द्रीय सदस्यले बहुमतबाट विधानको सदस्यतासम्बन्धी धारा निलम्बन, १४ औं महाधिवेशनको कार्यतालिका जारी गर्नेलगायत निर्णय गरेको थियो । उक्त निर्णय सच्याउन उनीहरुले देउवालाई दवाव दिएका थिए ।

जिल्ला सभापतिहरुको भेला जारी रहँदै सभापति देउवाले भने असन्तुष्ट पक्षको माग सम्बोधन गर्न केही लचक हुने संकेत गरेका छन् ।
देउवा निकटका नेता एनपी साउदका अनुसार असन्तुष्ट पक्षलाई पनि सम्बोधन गर्ने गरी सभापति देउवा कार्यतालिका समायोजनमा तयार भएका हुन् ।

पार्टीमा देखिएको समस्या समाधानका लागि दोस्रो तहका नेताहरुले यसबीचमा सक्रियता बढाएका थिए ।

सोमबार र मंगलबार नेताहरु एनपी साउद, गगन थापा, चन्द्र भण्डारी, गुरु घिमिरे, गोविन्द शाह, सुरेन्द्र पाण्डे, धनराज गुरुङ, भीष्म आङदाङ्बे लगायतको टोलीले सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेट गरि समस्या समाधानको पहल गरेको थियो ।

पार्टी देखिएको समस्या समाधान गर्न दुवै नेता सकारात्मक रहेको भेटमा सहभागी नेता एनपी साउदे खबरहबलाई जानकारी दिए ।

‘पार्टीमा देखिएको समस्या समाधानका लागि हामीले पहल गरेका थियौं’ नेता साउदले भने,‘समस्या समाधानका लागि दुबै पक्ष सकारात्मक भएको पयौं ।’

वरिष्ठ नेता पौडेलले भने जिल्ला सभापतिहरुको भेला नभइ परामर्श प्रयोजनका लागि मात्र भएको भेटमा बताएका थिए ।

‘ध्रुबीकरणले पार्टी, प्रजातन्त्रालाई लाभ हुँदैन । समस्याको समाधान वार्ता र छलफलबाट गर्नुपर्छ भन्नेमा दुबै नेता सकारात्मक पायौं’ नेता साउदले भने ।

दुबै पक्ष साझेदारीका आधारमा सहभागितामुलक गर्दै जाने कुरामा साकारात्मक भएका छन् । तर वरिष्ठ नेता पौडेलले भने देउवा पक्षको मिलेर जाने आश्वसनलाई पर्ख र हेरको रुपमा लिएको बताए ।

‘उहाँहरुले(देउवा) पक्षले मिलेर जानुपर्छ त भन्नु भएको छ ’ नेता पौडेलले खबरहबसँग भने,‘हेरौं उहाँहरुको आगामी कदम कस्तो हुन्छ, त्यसै अनुसार अघि बढ्नुपर्छ ।’

कार्यतालिका समायोजमा देउवा तयार

संस्थापन पक्षले देउवा असन्तुष्ट पक्षको माग सम्बोधन गर्न तयार रहेको बतायो । देउवा निकटका एक नेताले भने,‘सभापति ज्यू कार्यतालिका समायोजनमा सकारात्मक हुनुहुन्छ, यति भएपछि असन्तुष्ट पक्षको माग पनि सम्बोधन हुन्छ ।’

तर देउवा २०७७ फागुन ७ गतेको महाधिवेशनको तालिकामा भने अडिग रहेको स्रोतको भनाइ छ ।

‘सभापतिले केन्द्रीय समिति बैठकबाट पारित २०७७ फागनु ७ को निर्णयबाट भने पछि हट्नु हुनेछैन’स्रोतले भन्यो तर विधानका निलम्बित धारलाई व्यूताउने विषयमा सहमति गर्न सकिने कुरामा उहाँ सकारात्मक हुनुहुन्छ ।’

वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला लगायतका नेताहरु अनुपस्थित रहेको केन्द्रीय कार्यसमिति बैठकबाट सभापति देउवाले २०७७ फागुन ७ गतेबाट पार्टी महाधिवेशन, विभागहरुको संख्या थप, तरुण दलको कार्यकाल थप लगायतका निर्णयहरु गरेपछि कांग्रेसको विवाद उत्कर्षमा पुगेको थियो ।

संस्थापन पक्षले गरेको निर्णय सच्याउन चेतावनी दिँदै असन्तुष्ट पक्षले आफू निकटका जिल्ला सभापतिहरुको भेला राखेको थियो ।

प्रकाशित मिति : २३ पुस २०७६, बुधबार  ५ : २६ बजे

नासा र स्पेसएक्सको नयाँ अन्तरिक्ष मिसन प्रक्षेपण अर्को हप्ता

एजेन्सी – नासा र स्पेसएक्सले आगामी सेप्टेम्बर २६ मा अन्तर्राष्ट्रिय

यस्ता छन्‌ यो वर्षको दशैँका साइत, अष्टमी र नवमी एकैदिन

काठमाडौं – नेपाल पञ्‍चाङ्ग निर्णायक विकास समितिले २०८१ सालको बडादशैँका

मधेस प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य

धनुषा – मधेस प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य गरिएको छ

बालेनलाई प्रगति विवरण बुझाएर बिदा भए सहसचिव परियार

काठमाडौं – नगर प्रमुख बालेन शाहले काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय

कोशी प्रदेश सभाको बर्खे अधिवेशन अन्त्य

विराटनगर – कोशी प्रदेशसभाको पाचौँ अधिवेशन आजदेखि अन्त्य भएको छ