स्वदेश फर्काइएका १२२ चिनियाँ नागरिकलाई ४ वर्ष नेपाल प्रवेश निषेध « Khabarhub

स्वदेश फर्काइएका १२२ चिनियाँ नागरिकलाई ४ वर्ष नेपाल प्रवेश निषेध


२३ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका १ सय २२ चिनियाँ नागरिकलाई स्वदेश फर्काइएको छ ।

नेपालमा बसेर चीनविरुद्ध साइबर अपराध गरेको भन्दै नियन्त्रणमा लिएका उनीहरुलाई ‘चाइना साउदर्न’ र ‘चाइना वेस्टर्न’ विमानमार्फत बुधबार चीन फर्काइएको हो ।

चिनियाँ नागरिकलाई काठमाडौं प्रहरी परिसर, टेकु मातहतका विभिन्न प्रहरी युनिटका हिरासतमा राखिएको थियो । अध्यागमन ऐन उल्लंघन गरेवापत चिनियाँ नागरिकलाइ दुई समूहका व्यक्तिलाई बेग्लाबेग्लै कारबाही गरेको थियो।

८८ जनालाई जनही १ हजार रुपैयाँ र ३४ जनालाई २ हजार रुपैयाँका दरले गरिएको चिनियाँ नागरिककाे सबै जरिवाना चिनियाँ दूतावासले मंगलबार नै तिरिसकेको छ ।

यस्तै, अध्यागमन ऐनको दफा १०(४) बमोजिम नियन्त्रण परेका चिनियाँ नागरिकलाई ४ वर्ष नेपाल प्रवेश गर्न निषेध पनि गरिएको छ ।

उनीहरुलाई स्वदेश लैजानका लागि चीनले दुईवटा विमानको व्यवस्था गरेको थियो । चाइना साउदर्नको विमानमा ८० जना र चाइना इस्टर्नको विमानमा ४२ जनालाई राखेर लगिएको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको नेतृत्वमा महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध महाशाखाको टोलीले यही पुस ७ गते काठमाडौंका विभिन्न स्थानमा छापा मारी चिनियाँहरुलाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति : २३ पुस २०७६, बुधबार  ७ : ३८ बजे

लामिछानेको रिट ’हेर्दाहेर्दै’मा बिहीबार सुनुवाइ हुने

काठमाडौं– सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

भयावह मूल्यवृद्धि रोक्न पेट्रोलियम पदार्थको मूल्यमा सहुलियत दिन कांग्रेस महामन्त्री पौडेलको आग्रह 

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मध्यपूर्वमा देखिएको द्वन्द्वको असर

‘गण्डकी प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट २०८३’ बन्दीपुरमा हुने

गण्डकी– तनहुँको बन्दीपुरमा गण्डकी प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट २०८३ आयोजना

हत्या गरेको अभियोगमा एकजना पक्राउ

बाँके– बैजनाथ गाउँपालिका-५ छमनिया बस्ने ५१ वर्षीया भगवनी थारूको हत्या गरेको अभियोगमा

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ

कास्की– मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा दुई जनालाई आइतबार प्रहरीले