स्वदेश फर्काइएका १२२ चिनियाँ नागरिकलाई ४ वर्ष नेपाल प्रवेश निषेध « Khabarhub

स्वदेश फर्काइएका १२२ चिनियाँ नागरिकलाई ४ वर्ष नेपाल प्रवेश निषेध


२३ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका १ सय २२ चिनियाँ नागरिकलाई स्वदेश फर्काइएको छ ।

नेपालमा बसेर चीनविरुद्ध साइबर अपराध गरेको भन्दै नियन्त्रणमा लिएका उनीहरुलाई ‘चाइना साउदर्न’ र ‘चाइना वेस्टर्न’ विमानमार्फत बुधबार चीन फर्काइएको हो ।

चिनियाँ नागरिकलाई काठमाडौं प्रहरी परिसर, टेकु मातहतका विभिन्न प्रहरी युनिटका हिरासतमा राखिएको थियो । अध्यागमन ऐन उल्लंघन गरेवापत चिनियाँ नागरिकलाइ दुई समूहका व्यक्तिलाई बेग्लाबेग्लै कारबाही गरेको थियो।

८८ जनालाई जनही १ हजार रुपैयाँ र ३४ जनालाई २ हजार रुपैयाँका दरले गरिएको चिनियाँ नागरिककाे सबै जरिवाना चिनियाँ दूतावासले मंगलबार नै तिरिसकेको छ ।

यस्तै, अध्यागमन ऐनको दफा १०(४) बमोजिम नियन्त्रण परेका चिनियाँ नागरिकलाई ४ वर्ष नेपाल प्रवेश गर्न निषेध पनि गरिएको छ ।

उनीहरुलाई स्वदेश लैजानका लागि चीनले दुईवटा विमानको व्यवस्था गरेको थियो । चाइना साउदर्नको विमानमा ८० जना र चाइना इस्टर्नको विमानमा ४२ जनालाई राखेर लगिएको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको नेतृत्वमा महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध महाशाखाको टोलीले यही पुस ७ गते काठमाडौंका विभिन्न स्थानमा छापा मारी चिनियाँहरुलाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति : २३ पुस २०७६, बुधबार  ७ : ३८ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार