बेलायती लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह « Khabarhub

बेलायती लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह


२३ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालका लागि बेलायती राजदूत निकोल पोलिट र नेपाल उद्योग परिसंघका पदाधिकारीहरुबीच भेटवार्ता भएको छ ।

भेटमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले वित्तीय सेवा, ठूला पूर्वाधार तथा पर्यटनका क्षेत्रमा लगानीको सम्भावना रहेको बताउँदै बेलायका लगानीकर्तालाई नेपालमा लगानीका लागि पहल गरिदिन आग्रह गरेका थिए ।

बेलायतले नेपालको आर्थिक तथा निजी क्षेत्रको विकासका लागि गरिरहेको सहयोगप्रति आभार प्रकट गर्दै उनले यसलाई थप विस्तार गर्न सहजकर्ताको भूमिका निर्वाह गर्न परिसंघ तयार रहेको बताए ।

भेटमा राजदूत पोलिटले बेलायत र नेपालको ऐतिहासिक सम्बन्धलाई आर्थिक अवसरमा बदल्न सबैखाले लगानीका लागि उचित वातावरण तयार गर्नु आफ्नो प्राथमिकतामा रहेको बताएको परिसंघले जनाएको छ ।

प्रकाशित मिति : २३ पुस २०७६, बुधबार  ८ : ३७ बजे

इरानमा केही प्रतिबन्धहरू खुकुलो, मृतकको सङ्ख्या ६४६ पुग्यो

एजेन्सी – इरानले आफ्ना नागरिकमाथि लगाइएका केही प्रतिबन्धहरू मंगलबार आंशिक

कांग्रेस महाधिवेशन प्रतिनिधि : ६१ जनाले पार्टी छाडे, ४४ को मृत्यु, ४६ सय ३८ कायम

काठमाडौं- नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिको संख्या ४६ सय ३८ कायम

प्रचण्ड, माधवलगायत केन्द्रीय सदस्यको शपथ (तस्बिरहरू)

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड, सहसंयोजक माधव नेपाल तथा

मनोजमणि आचार्य भन्छन् : निर्वाचनको रेल गुडिसक्यो, अब रोकिँदैन

काठमाडौं- सभापति शेरबहादुर देउवा सहमतिमा आउन तयार नभएपछि महामन्त्रीद्वय विश्वप्रकाश

कांग्रेसलाई कांग्रेसबाटै खतरा छ भन्दै तिवारीको ‘चौबाटोमा चार तारा’ विमोचन 

काठमाडौं– कांग्रेसलाई कांग्रेसबाटै खतरा छ भन्दै नेता शंकर तिवारीले चौबाटोमा