हिमपातले रसुवाको जनजीवन कष्टकर | Khabarhub Khabarhub

हिमपातले रसुवाको जनजीवन कष्टकर


२३ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा- मंगलबार रातिदेखि परेको हिमपातका कारण अत्यधिक चिसो बढ्न गई उत्तरी रसुवाको जनजीवन कष्टकर बन्दै गएको छ । हिमपात र चिसोका कारण समुद्री सतहदेखि एक हजार ६०० मिटरभन्दा माथिको जनजीवन असहज बन्दै गएको हो ।

चिसोले उत्तरी रसुवाका लाङ्टाङ, चन्दनबारी, ठूलोस्याफ्रु, बृद्धिम, खैदी, गतलाङ, गोल्जुङ, नाकथली, थुमन, पारागाङ, राम्चे, यार्सा, हाकु, धुञ्चे, नागुङलगायत क्षेत्रका मानव बस्तीलाई बढी प्रभावित बनाइरहेको स्थानीय बासिन्दाले बताएका छन् ।

माथिल्लो भागमा हिमपात र तल्लो क्षेत्रमा पानी परिरहेका कारण बालबालिका र ज्येष्ठ नागरिकलाई चिसोले बढी समस्यामा पारेको ठूलोस्याफ्रुका ल्हाक्पाग्याल्बो तामाङले बताए । तातो खानेकुरा खान, घरभित्र कम्बल ओढेर बस्न, कम स्नान गर्न तथा हातगोडा तातोपानीले धुन सुझाव दिइएको स्वास्थ्यकर्मीले बताएका छन् ।

प्रकाशित मिति : २३ पुस २०७६, बुधबार  ९ : ०७ बजे

विप्लवलाई भेट्न प्रचण्ड पुगे हरिसिद्धि

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

तारकेश्वरमा माइक्रो बस साङ्ला खोलामा खस्यो

काठमाडौं– तारकेश्वर नगरपालिका ७ मा सोमबार बिहान इभी माइक्रो बस

दूध उत्पादनमा प्रोत्साहनका लागि नगद अनुदान

गोरखा– गोरखाका पशुपालक किसानलाई दूध उत्पादनमा प्रोत्साहनका लागि नगद अनुदान

बिग बोस १९ सुरु, नयाँ प्रतियोगी र होस्ट सलमान खान

काठमाडौं – भारतीय रियालिटी शो “बिग बोस १९” प्रिमियर भएको

‘नाडा अटो शो’मा १ लाख ६० हजार बढीले गरे अवलोकन 

काठमाडौं– नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालले आयोजना गरेको नाडा अटो