‘म्याच फिक्सिङ’ गर्ने पाकिस्तानी खेलाडीलाई जेल सजाय « Khabarhub

‘म्याच फिक्सिङ’ गर्ने पाकिस्तानी खेलाडीलाई जेल सजाय


२५ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- खेल मिलेमतोको आरोपमा दोषी पाइएपछि पाकिस्तानका ब्याट्सम्यान नासिर जमशेदलाई जेल सजाय सुनाइएको छ ।

पाकिस्तानको राष्ट्रिय टिमको पूर्व सदस्य रहेका जमशेद गएको वर्षको फेब्रुअरीमा पक्राउ परेका थिए। उनीसँगै युसेफ अनवर र मोहम्मद इजाजलाई पनि खेल मिलेमतोको आरोपमा पाकिस्तानको नेशनल क्राइम एजेन्सीले पक्राउ गरेको थियो ।

सन् २०१८ को फेब्रुअरीमा भएको पाकिस्तान सुपर लिग (पिएसएल) क्रिकेटमा म्याचफिक्सिङ्ग गर्न अरु खेलाडीलाई पनि जमशेदले उक्साएको खुलेको छ । उनले केही बलमा रन नलिन र त्यसबापत ३० हजार पाउण्डस्ट्रलिङ्ग बाँडेर लिने गरी खेलाडीलाई उक्साएका थिए ।

तीनै खेलाडीले अपराध स्वीकार गरेपछि उनीहरुलाई जेल सजाय भएको हो । सन् २०१६ मा भएको बंगलादेश प्रिमियर लिगमै उनीहरुले खेल मिलोमतो गर्ने प्रयास गरेका थिए, तर सो योजना सन् २०१८ को पिएसएलमा आएर सफल भएको देखिएको हो ।

राष्ट्रिय टिमबाट ६० भन्दा बढी खेलमा सहभागी भएका जमशेदलाई १७ महिनाको जेल सजाय भएको छ । यस्तै अनवरलाई ४० महिना तथा इजाजलाई ३० महिनाको जेल सजाय भएको छ ।

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार  ७ : ३८ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी