मानिसको शरीरमा किन आउँछ मुसा ? यसरी गर्नुहोस् उपचार « Khabarhub

मानिसको शरीरमा किन आउँछ मुसा ? यसरी गर्नुहोस् उपचार


२५ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

ह्युमन पापिलोमा भाइरस (एचपीभी) नामक भाइरसको संक्रमणबाट छालामा आउने रोग लाई हामी सामान्य भाषामा मुसा भन्दछौ ।

मुसा आउनुलाई अंग्रेजीमा वाट्स अथवा भेरुका भल्गारिस पनि भनिन्छ । यसका सयौं प्रजातीका कारणले शरीरको विभिन्न ठाउँमा मुसा आउने गर्दछ । सामान्यतया हात, खुट्टा वा गर्धनमा मुसा देखापर्दछ ।

मुसाका बिभिन्न प्रकारहरु हुने गर्दछन् । जस्तो :

१. औलामा आउने
सामान्य प्रकारका मुसा हात वा खुट्टाको माथिल्लो भाग तथा औलाहरुमा आउने गर्दछ । हेर्दा नराम्रो देखिने यस प्रकारको मुसाले अन्य कुनै स्वास्थ्य समस्या भने दिदैन ।

२. पैतालामा आउने
पैतालामा वा हत्केलामा आउने मुसाले शरीरमा निकै पिडा दिने गर्दछ । यस्ता दुखाइले विशेषत हिँड्ने बेलामा पैतालामा वा हात चलाउँदा हत्केलामा दुखाइ निम्त्याउने गर्दछ ।

३. अनुहारमा आउने
अनुहारमा आउने मुसालाई भेरुका प्लाना भनिन्छ । यस प्रकारको मुसा स–साना खैरो रंगका हुने गर्दछन् । यि मुसा अनुहारमा आउने गर्दछन् ।

४. यौनांगमा सर्ने
विशेषतः घाउ हुनेहरुसँग असुरक्षित सम्पर्क भएपछि यौनांगमा मुसा सर्ने गर्दछ । यो असुरक्षित सम्पर्क २ सातादेखि १ बर्षको अवधिभित्र देखा पर्न सक्छ । यस्ता प्रकारका मुसाले गुद्वद्वारको क्यान्सर समेत गराउन सक्छ ।

उपचार
स–साना वा हातखुट्टामा आउने मुसा केहि समयपछि आफैँ निको हुने गर्दछ । तर, पैताला वा हत्केलामा आएको वा यौनांगमा आउने र अनुहारमा आउने मुसाहरु भने आफैं निको हुँदैनन् । यस प्रकारको मुसा सरुवा रोगका कारणले हुने गर्दछ ।

अझ मुसा कोट्याई रहने, चलाएपछि हात नधोई अन्य अंगमा छुएमा यि मुसा सर्ने गर्दछन् । अझ असुरक्षित यौन सम्पर्कको कारणले पनि यस प्रकारको मुसा आउने गर्दछ ।

कतिपय अवस्थामा दाह्रि काट्दा पुरुषमा समेत यो सर्न सक्छ । तसर्थ मुसा चलाएपछि हात राम्रोसँग धुनु पर्दछ । हात वा औला चुस्ने वा नङ टोक्ने बानी छ भने त्यसलाई त्याग्नु पर्दछ । जिम, स्विमिङ्ग लगायतका सार्वजनिक स्थलमा प्रयोग गरीने तौलिया वा रुमाल निजि प्रयोग गर्ने । तर मुसाको मात्रा र प्रकार हेरेर तत्काल चिकित्सकसंग परामर्श लिनु नै उत्तम हुन्छ ।

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार  ३ : ३७ बजे

नेप्से परिसूचक १२ अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

भैरहवा– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट मुक्त

पार्टीभित्र कुनै मत–मतान्तर छैन : शंकर पोखरेल

 काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीभित्र अहिले कुनै

पाकिस्तानमा प्रहरीको गोली लागेर अस्ट्रेलियाली बालिकाको मृत्यु

एजेन्सी– पूर्वी पाकिस्तानमा प्रहरीले गल्तीवश चलाएको गोली लागेर एक अस्ट्रेलियाली

इरान-अमेरिका समझदारी : दुवै पक्षद्वारा जितेको दाबी, इजरायलले नमान्ने, लेबनानमा अन्यौल

काठमाडौं- इरान र अमेरिका विगत साढे तीन महिनादेखि जारी द्वन्द्व