आईसीसी विश्वकप लिग २ : ‘पावर प्ले’मा नेपालको ३४ रन « Khabarhub

आईसीसी विश्वकप लिग २ : ‘पावर प्ले’मा नेपालको ३४ रन



काठमाडौं – आईसीसी विश्वकप लिग २ मा अमेरिकाविरुद्ध ब्याटिङ गरिरहेको नेपालले ३४ रन बनाएको छ ।

कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा जारी खेलको १० ओभरमा नेपालले १ विकेट गुमाएर ३४ रन बनाएको हो ।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ल र पारस खड्का क्रिजमा रहेका छन् । कप्तान मल्ल १६ रनमा खेलिरहेका छन् भने खड्काले ११ रन बनाएर खेलिरहेका छन् ।

योसँगै कप्तान मल्ल र खड्काबीचको साझेदारी २८ रनको बनेको छ ।

नेपालले यसअघि ओपनर सुवास खकुरेललाई पहिलो विकेटका रुपमा गुमाएको थियो । उनी ३ रन बनाएर पवेलियन फर्किाएका हुन् ।

अमेरिकाले टस जितेपछि घरेलु टोलीविरुद्ध पहिलो फिल्डिङ रोजेको थियो । कसिलो बलिङ गरिरहेकोे अमेरिकाका लागि रस्टी थेरमले पहिलो विकेट लिएका थिए ।

लिग २ आईसीसी विश्वकप क्रिकेट २०२३ को रोडम्याप समेत हो । लिग २ मा अमेरिका १२ अंकसहित शीर्ष स्थानमा छ भने घरेलु मैदानबाट शृङ्खला शूरु गरेको नेपालले अंक तालिकामा खाता खोल्न सकेको छैन् । शृङ्खलाको पहिलो खेलमा ओमानसँग पराजित भएको नेपाल आजको खेलमा जीतको खोजिमा रहेको छ ।

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार  १० : २३ बजे

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई