आईसीसी विश्वकप लिग २ : ‘पावर प्ले’मा नेपालको ३४ रन « Khabarhub

आईसीसी विश्वकप लिग २ : ‘पावर प्ले’मा नेपालको ३४ रन



काठमाडौं – आईसीसी विश्वकप लिग २ मा अमेरिकाविरुद्ध ब्याटिङ गरिरहेको नेपालले ३४ रन बनाएको छ ।

कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा जारी खेलको १० ओभरमा नेपालले १ विकेट गुमाएर ३४ रन बनाएको हो ।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ल र पारस खड्का क्रिजमा रहेका छन् । कप्तान मल्ल १६ रनमा खेलिरहेका छन् भने खड्काले ११ रन बनाएर खेलिरहेका छन् ।

योसँगै कप्तान मल्ल र खड्काबीचको साझेदारी २८ रनको बनेको छ ।

नेपालले यसअघि ओपनर सुवास खकुरेललाई पहिलो विकेटका रुपमा गुमाएको थियो । उनी ३ रन बनाएर पवेलियन फर्किाएका हुन् ।

अमेरिकाले टस जितेपछि घरेलु टोलीविरुद्ध पहिलो फिल्डिङ रोजेको थियो । कसिलो बलिङ गरिरहेकोे अमेरिकाका लागि रस्टी थेरमले पहिलो विकेट लिएका थिए ।

लिग २ आईसीसी विश्वकप क्रिकेट २०२३ को रोडम्याप समेत हो । लिग २ मा अमेरिका १२ अंकसहित शीर्ष स्थानमा छ भने घरेलु मैदानबाट शृङ्खला शूरु गरेको नेपालले अंक तालिकामा खाता खोल्न सकेको छैन् । शृङ्खलाको पहिलो खेलमा ओमानसँग पराजित भएको नेपाल आजको खेलमा जीतको खोजिमा रहेको छ ।

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार  १० : २३ बजे

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर