विनोद र कुशलको अर्धशतकीय साझेदारीमा नेपालको १०० रन पुरा « Khabarhub

विनोद र कुशलको अर्धशतकीय साझेदारीमा नेपालको १०० रन पुरा


२५ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी विश्वकप लिग २ मा अमेरिकाविरुद्ध ब्याटिङ गरिरहेको नेपालले १ सय रन पुरा गरेको छ । कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा जारी खेलमा ३० ओभरमा ५ विकेट १०२ रन बनाएको हो ।

कमजोर ब्याटिङ गरिरहेको नेपालका लागि कुशल मल्ल र विनोद भण्डारीले अर्धशतकिय उत्कृष्ट साझेदारी गर्दै नेपालको ब्याटिङ उकासेका थिए ।

जसमा मल्ल २७ रन बनाउँदा विनोद भण्डारी २५ रनमा खेलिरहेका छन् । यसअघि नेपालले कप्तान ज्ञानेन्द्र मल्ल, पारस खड्का, सुवास खकुरेल, आरिफ शेख र दीपेन्द्रसिंह ऐरी पवेलियन फर्किएका छन् ।

कप्तान मल्ल २१ रनमा खड्का १९ रनमा, सुवास ३ रनमा, आरिफ २ रनमा आउट हुँदा उपकप्तान ऐरी शून्यमै आउट भए ।

अमेरिकाले टस जितेपछि घरेलु टोलीविरुद्ध पहिलो फिल्डिङ रोजेको थियो । कसिलो बलिङ गरिरहेको अमेरिकाका लागि सौरभ नेत्रभाल्कर र क्यामरुन स्टेभेन्सनले समान २–२ विकेट लिए भने रस्टी थेरमले एक विकेट लिएका थिए ।

लिग २ आईसीसी विश्वकप क्रिकेट २०२३ को रोडम्याप समेत हो । लिग २ मा अमेरिका १२ अंकसहित शीर्ष स्थानमा छ भने घरेलु मैदानबाट शृङ्खला शूरु गरेको नेपालले अंक तालिकामा खाता खोल्न सकेको छैन् । शृङ्खलाको पहिलो खेलमा ओमानसँग पराजित भएको नेपाल आजको खेलमा जीतको खोजिमा छ ।

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार  १२ : ०२ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल