इटहरीका मेयर द्वारिकलाल चौधरी पुन : विवादमा, ४५ लाख मागेको खुलासा « Khabarhub

इटहरीका मेयर द्वारिकलाल चौधरी पुन : विवादमा, ४५ लाख मागेको खुलासा


२५ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी –  सुनसरीको इटहरी उपमहानगरपालिकाका मेयर पुनः विवादमा तानिएका छन ।

मेयर द्वारिकलाल चौधरीले ४५ लाख रुपैयाँ मागेको इटहरी खानेपानीका अध्यक्ष रामप्रसाद चौलागाईंले दावी गरेसँगै चौधरी पुनः विवादमा तानिएका हुन ।

चौधरीले चुनावको ऋण र छोराको विवाहको ऋण तिर्न ४५ लाख रुपैँया मागेको चौलागाईंले खुलासा गरेका हुन् ।

शुक्रबार मेयर चौधरीले नगर प्रहरी खटाएर चौलागाईँलाई पक्राउ गर्न लगाएको समाचार बाहिरिएसँगै चौलागाईँले फेसबुक स्टाटसमार्फत ४५ लाख रुपैयाँ मागेको खुलासा गरेका हुन ।

उनले फेसबुक स्टाटसमार्फत यस्तो दावी गरेका हुन । मेयर चौधरी र चौलागाईंबीच तत्कालीन नेकपा एमाले हुँदाताकादेखि नै जिल्ला कमिटीदेखि नै बिवाद हुँदै आएको छ ।

                                      चौलागाईंले शुक्रबार लेखेको फेसबुक स्टाटस

 

पत्रकारको नाकको डाडी भाँचिदिने अभिव्यक्तिका कारण यसअघि मेयर चौधरी विवादमा  आएका थिए ।

 

 

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार  १२ : ०६ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज