एकदिवसिय क्रिकेटमा कुशलको कीर्तिमान, डेब्यू खेलमा अर्धशतक पूरा गर्ने कान्छो खेलाडी « Khabarhub

एकदिवसिय क्रिकेटमा कुशलको कीर्तिमान, डेब्यू खेलमा अर्धशतक पूरा गर्ने कान्छो खेलाडी



काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग २ मा अमेरिकाविरुद्ध नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट एकदिवसियमा डेब्यू गरेका कुशल मल्लले सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने खेलाडीको कीर्तिमान बनाएका छन् ।

अमेरिकाविरुद्ध ४७ बलमा ४ चौका र ३ छक्काको मद्दतमा ५० रन बनाएका उनी विश्व क्रिकेटमा एकदिवसिय क्रिकेटमा कम उमेरमा अर्धशतक बनाउने खेलाडी बनेका हुन् ।

यसअघि युनाइटेड अरब इमिरेट्स (युएई) सँगको शृङ्खलामा नेपालका रोहित कुमार पौडेलले १६ बर्ष १ सय ४६ दिन उमेरमा अर्धशतक प्रहार गर्दै कम उमेरमा अर्धशतक प्रहार गर्ने खेलाडी बनेका थिए । नेपाली खेलाडी पौडेलको किर्तिमानी कुशलले तोडेका हुन् ।

सन् २०१९ मा सिंगापुरमा भएको नेपाल, सिंगापुर र जिम्बाबेबीचको त्रिकोणात्मक ट्वान्टी–२० सिरिजमा राष्ट्रिय टोलीबाट डेब्यू गरेका थिए ।

घरेलु क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै आएका उनी विश्वकप लिग २ को टोलीमा अभ्यासमा बोलाएका थिए। बन्द प्रशिक्षणमा राम्रो गरेका कुसल अमेरिकासँगको महत्वपूर्ण खेलमा टोलीमा अटाएका हुन् ।

शृङ्खलाको पहिलो ओमानविरुद्धको खेलमा टोलीमा अटाएका रोहित कुमार पौडेलको स्थानमा कुशल मल्लले स्थान बनाएका हुन् ।

नेपालका लागि ४० रन बनाएर खेलिरहँदा कुसल मल्लको क्याच हुने अवस्थामा पुगेका थिए । उनको क्याच हुने बल मानार्क पटेलले छाडेका थिए ।

ताजा अवस्थामा नेपालले ३४.२ ओभरमा ५ विकेट गुमाएर १ सय २९ रन बनाएको छ ।

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार  १२ : २० बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले