एकदिवसिय क्रिकेटमा कुशलको कीर्तिमान, डेब्यू खेलमा अर्धशतक पूरा गर्ने कान्छो खेलाडी | Khabarhub Khabarhub

एकदिवसिय क्रिकेटमा कुशलको कीर्तिमान, डेब्यू खेलमा अर्धशतक पूरा गर्ने कान्छो खेलाडी



काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग २ मा अमेरिकाविरुद्ध नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट एकदिवसियमा डेब्यू गरेका कुशल मल्लले सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने खेलाडीको कीर्तिमान बनाएका छन् ।

अमेरिकाविरुद्ध ४७ बलमा ४ चौका र ३ छक्काको मद्दतमा ५० रन बनाएका उनी विश्व क्रिकेटमा एकदिवसिय क्रिकेटमा कम उमेरमा अर्धशतक बनाउने खेलाडी बनेका हुन् ।

यसअघि युनाइटेड अरब इमिरेट्स (युएई) सँगको शृङ्खलामा नेपालका रोहित कुमार पौडेलले १६ बर्ष १ सय ४६ दिन उमेरमा अर्धशतक प्रहार गर्दै कम उमेरमा अर्धशतक प्रहार गर्ने खेलाडी बनेका थिए । नेपाली खेलाडी पौडेलको किर्तिमानी कुशलले तोडेका हुन् ।

सन् २०१९ मा सिंगापुरमा भएको नेपाल, सिंगापुर र जिम्बाबेबीचको त्रिकोणात्मक ट्वान्टी–२० सिरिजमा राष्ट्रिय टोलीबाट डेब्यू गरेका थिए ।

घरेलु क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै आएका उनी विश्वकप लिग २ को टोलीमा अभ्यासमा बोलाएका थिए। बन्द प्रशिक्षणमा राम्रो गरेका कुसल अमेरिकासँगको महत्वपूर्ण खेलमा टोलीमा अटाएका हुन् ।

शृङ्खलाको पहिलो ओमानविरुद्धको खेलमा टोलीमा अटाएका रोहित कुमार पौडेलको स्थानमा कुशल मल्लले स्थान बनाएका हुन् ।

नेपालका लागि ४० रन बनाएर खेलिरहँदा कुसल मल्लको क्याच हुने अवस्थामा पुगेका थिए । उनको क्याच हुने बल मानार्क पटेलले छाडेका थिए ।

ताजा अवस्थामा नेपालले ३४.२ ओभरमा ५ विकेट गुमाएर १ सय २९ रन बनाएको छ ।

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार  १२ : २० बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका