हलिउड अभिनेता जोनी डिपलाई पूर्वपत्नी एम्बर हर्डले कुटिन « Khabarhub

हलिउड अभिनेता जोनी डिपलाई पूर्वपत्नी एम्बर हर्डले कुटिन


२५ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हलिउड अभिनेता जोनी डिप पूर्वपत्नी एम्बर हर्डबाट कुटिएका छन ।

हालै सार्वजनिक भएको एक भिडियोमा जोनकी पूर्वपत्नी एम्बर हर्डले उनलाई कयौंपटक प्यान र अन्य भाँडाले हानेको देखिएको छ ।

यस्तो भिडियो सार्वजनिक भएपछि जोनीका फ्यानहरूले ट्वीटरमा जोनी डिपलाई न्याय देउ भन्ने ह्यास ट्याग (जस्टिस फर जोनी डेप) नै चलाएका छन् ।

मलाई माफ गरिदेऊ कि मैले तिम्रो गाला राम्ररी चड्काइन तर पनि तिमीलाई मैले हाने र त्यो मुक्का थिएन, बेबी तिमीलाई मुक्का हानिएको छैन सो अडियो, उनले भनेको सुनिन्छ ।

मैले तिमीमाथि प्यान र भाँडाहरुले हाने भन्दैमा तिमीले मेरो ढोका ढक्ढकाउन मिल्दैन भन्ने होइन, सो अडिओमा एम्बरको जवाफ सुनिन्छ । त्यसपछि जोनले आफूलाई हानिएको फूलदानी आफ्नो साथमा रहेको बताउँछन् ।

साँच्चै, मैले तिमीलाई हिर्काउँन दिनुपथ्र्यो ? तिमीलाई आजसम्म मैले केहीले हानेको छु भने त्यो अस्ट्रेलियामा तिमीले क्यानले हिर्काएको बेलामात्र हो’, जोनीले एम्बरलाई जवाफमा भन्छन् ।

जोनी र एम्बरबीच सन् २०१६ को मेमा सम्बन्ध विच्छेद भएको थियो । सम्बन्ध विच्छेदपछि एम्बरले वासिङटन पोस्टमा आफूमाथि घरेलु हिंसा भएको भन्दै अन्तरवार्ता समेत दिएकी थिइन् ।

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार  १२ : ४९ बजे

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६