'भ्रष्टाचारीलाई रेड कार्ड' देखाउन भन्दै बालुवाटार पुगेका विवेकशीलका ११ नेता पक्राउ | Khabarhub Khabarhub

‘भ्रष्टाचारीलाई रेड कार्ड’ देखाउन भन्दै बालुवाटार पुगेका विवेकशीलका ११ नेता पक्राउ


२५ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेदभाव गरेको भन्दै विरोधमा उत्रिएका विवेकशील नेपालीका नेता पक्राउ परेका छन् ।

शनिवार बिहान ‘भ्रष्टाचारीलाई रेड कार्ड’ देखाउन बालुवाटार पुगेको विवेकशीलका ११ नेतालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रन्जु दर्शना, संगीता बाटाजु, आलोक सुबेदी, वृतान्त खनाल लगायत ११ जना रहेका छन् ।

विवेकशीलकी उपाध्यक्ष अजीता राईका विज्ञप्ति जारी गर्दै ‘बालुवाटार ललिता निवासको सरकारी जग्गा हत्याउन विगतमा संलग्न रहेकालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा लगाउने तथा नलगाउने निर्णयमा पक्षधरता देखाएको हुनाले,’ विरोध प्रदर्शन गर्नुपरेको उल्लेख गरेकी छन् ।

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार  ३ : ४८ बजे

आज २०८२ साल कात्तिक २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २३ गते आइतबार। मंसिर

११ बुँदे निष्कर्षसहित सकियो रास्वपाको विस्तारित बैठक

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईदिने विस्तारित बैठक चितवनमा

जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने बालिकाको मृत्यु

दाङ – दाङको गढवा गाउँपालिका–४ अजगढवामा जुकाको औषधि घाँटीमा अड्किएर

काठमाडौंमा अन्तर वडास्तरीय फुटसल सुरु

काठमाडौं – आजदेखि तेस्रो प्रयागराजसिंह सुवाल स्मृति अन्तर वडा फुटसल

चार घण्टापछि खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चार घण्टापछि खुलेको छ। शनिबार