चीनबाट हङकङ जानेले दुई हप्ता क्वारेन्टाइनमा बस्नुपर्ने | Khabarhub Khabarhub

चीनबाट हङकङ जानेले दुई हप्ता क्वारेन्टाइनमा बस्नुपर्ने


२५ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हङकङ– हङकङले घातक कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि भन्दै चीनबाट आउने जो सुकैलाई दुई हप्ता क्वारेन्टाइनमा राख्न सुरु गरेको छ ।

चीनबाट हङकङ भ्रमणमा आउनेहरू होटेलका कोठामा वा सरकारले चलाएका केन्द्रहरूमा एक्लै बस्नुपर्नेछ । स्थानीय बासिन्दाहरू आफ्नै घरमा बस्नु पर्नेछ।

नयाँ नियम उल्लङ्घन गरेको पाइए जरिवाना तिर्नुपर्ने र जेल जानुपर्ने बताइएको बीबीसीले उल्लेख गरेको छ ।

यसैबीच चीनमा कोरोना भाइरसका कारण एकजना अमेरिकीसहित ७२२ जनाको मृत्यु भएको छ । एकजना जापानीको पनि भाइरस सङ्क्रमणकै जस्तो लक्षणका कारण ज्यान गएको छ ।

६० वर्षीय अमेरिकी नागरिक पहिलो गैरचिनियाँ भाइरस सङ्क्रमितको वुहानस्थित अस्पतालमा बिहीवार निधन भएको थियो। बेइजिङस्थित अमेरिकी राजदूतावासका प्रवक्ताले त्यसको विस्तृत विवरण दिएनन् ।

त्यसैगरी जापानी विदेश मन्त्रालयले पनि ६० वर्ष नाघेका एक जापानीको वुहानमा मृत्यु भएको जनाएको छ। उनको निधन भाइरल न्यूमोनियाबाट भएको चिनियाँ अधिकारीहरूले बताएका छन् ।

चीनमा अहिलेसम्म ३५,५४६ लाई कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको छ। चीन बाहिर २५ देशमा २७० जनालाई उक्त भाइरस सङ्क्रमण भएको छ ।

एकजनाको हङकङमा र दोश्रो व्यक्तिको फिलिपिन्समा मृत्यु भएको छ।

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार  ६ : ४२ बजे

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड