थाइल्याण्डमा एक सैनिकले अन्धाधुन्ध गोली चलाउँदा १२ जनाको मृत्यु « Khabarhub

थाइल्याण्डमा एक सैनिकले अन्धाधुन्ध गोली चलाउँदा १२ जनाको मृत्यु


२५ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैंकक– थाइल्याण्डमा सशस्त्र सैनिकले जथाभावी गोली चलाउँदा सैनिक कमाण्डरसहित कम्तीमा १२ जनाको ज्यान गएको छ ।

ति सैनिकले राजधानी बैंककबाट उत्तर पूर्वमा रहेको नाखोन राचासीमा प्रान्तको मुआङ जिल्लामा गोली चलाएका हुन् ।

शुरुमा आफ्ना कमाण्डर र अरु सैनिकलाई लक्षित गरी गोली चलाएको र पछि बख्तरबन्द गाडीमा चढेर ति सैनिक आफ्नो ब्यारेकबाट भागेको थाई समाचार संस्थाहरुले जनाएका छन् ।

गाडीबाट भाग्नेक्रममा उनले बाटोमा गैरसैनिक सर्वसाधारणलाई लक्षित गरी समेत गोली चलाएका थिए । गोलीकाण्डमा अरु धेरै जना घाइते भएको बताइएपनि यकिन सङ्ख्या सार्वजनिक गरिएको छैन ।

गोली चलाउने सैनिकले आक्रमणको सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रत्यक्ष प्रसारण समेत गरेका थिए । उनी हाल फरार रहेको र उनको खोजीका लागि ठूलो सङ्ख्यामा सैनिक तथा प्रहरी परिचालन गरिएको छ ।

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार  ६ : ४६ बजे

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन