धनगढी विमानस्थल विस्तार गर्छौँ : मन्त्री भट्टराई « Khabarhub

धनगढी विमानस्थल विस्तार गर्छौँ : मन्त्री भट्टराई


२५ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले गुरुयोजना बमोजिम धनगढी विमानस्थल विस्तारको काम अघि बढाइने प्रतिबद्धता व्यक्त गरेका छन् ।

शनिवार आयोजित धनगढी विमानस्थलको गुरुयोजना प्रस्तुति कार्यक्रममा मन्त्री भट्टराईले भने, “विमानस्थल रहेको क्षेत्रका धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाले पनि आफ्नो लगानीको साझेदारी गरोस्, भोलि त्यसको आम्दानी पनि बाँडौँला ।”

उनले स्थानीयवासीले दिएका सुझावलाई समेटेर विमानस्थलको गुरुयोजनालाई अन्तिम रूप दिइने बताए । प्रदेशको राजधानी शहरमा रहेका विमानस्थललाई सक्ने जति विस्तार र स्तरोन्नतिको काम गर्ने सरकारको नीति रहेको बताउँदै उनले भने “यसमा कुनै कञ्जुस्याइँ नगरीकन सकेको काम गर्न पहिलो प्राथमिकता दिएका छौँ ।”

बन्द अवस्थामा रहेको कैलालीको टीकापुर विमानस्थल र कञ्चनपुरको मझगाउँ विमानस्थल पुनः सञ्चालन गर्ने कामसमेत प्राथमिकतामा रहेको उनले जानकारी दिए ।

भारतसँग महेन्द्रनगर, नेपालगञ्ज र भैरहवा नाका हुँदै हवाई ‘रुट’ माग गरिएको बताउँदै मन्त्री भट्टराईले भैरहवाका हकमा भारत सहमत भइसकेको भए पनि नेपालगञ्ज र महेन्द्रनगरको विषयमा छलफल चलिरहेको जानकारी दिए ।

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार  ९ : १० बजे

एसिया–प्रशान्त सहयोगका लागि २ करोड अमेरिकी डलर खर्च गर्ने सीको घोषणा

काठमाडौँ- चीनका राष्ट्रपति सी चिनफिङले एसिया–प्रशान्त क्षेत्रमा क्षेत्रीय सहयोग प्रवर्द्धन गर्न

चितुवा र दुम्सीको आतंकले जैमिनीका किसानलाई पशुपालन र खेती गर्नै मुस्किल

बागलुङ- बागलुङको जैमिनी नगरपालिका–२ दमेकमा चितुवा र दुम्सीको आतङ्क बढेपछि किसान

दुबई भ्रमण सकेर फर्किए गृहमन्त्री गुरुङ : सुरक्षा सम्मेलनमा गएर बूढीगण्डकी लगानीको चर्चा

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङ संयुक्त अरब इमिरेट्स (यूएई) को

सी, ट्रम्प र पुटिनबीच ऐतिहासिक त्रिपक्षीय वार्ता हुँदै, युक्रेन र इरान युद्ध मुख्य एजेन्डा

बेइजिङ – चिनियाँ राष्ट्रपति सी चिनफिङ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

मौलिक संस्कृति र परम्परागत सीपलाई उद्यमसँग जोड्दै व्यासको बेनीकोट

तनहुँ – व्यास नगरपालिका–१३ छापडाँडा भञ्ज्याङस्थित बेनीकोटलाई उद्यमशीलतायुक्त सांस्कृतिक गाउँका