एक्जिट पोलः दिल्लीमा आम आदमी पार्टी कै सरकार « Khabarhub

एक्जिट पोलः दिल्लीमा आम आदमी पार्टी कै सरकार


२५ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– विधानसभा निर्वाचनअन्तर्गत शनिबार भारतको राजधानी दिल्लीमा भएको मतदानमा सत्तारुढ आम आदमी पार्टी नै विजयी हुने भारतीय सञ्चारमाध्यमले सर्वेक्षण गरेका छन् ।

भारतीय सञ्चारमाध्यमले एक्जिट पोल सार्वजनिक गर्दै ७० सिट रहेको दिल्ली विधानसभामा सत्तारुढ आम आदमी पार्टीले सरकार बनाउनका लागि पर्याप्त सिट जित्ने भारतीय सञ्चारमाध्यमको सर्वेक्षण छ ।

एबीपी–सीभोटरले सार्वजनिक गरेको सर्वेक्षणमा आम आदमी पार्टीले ४९ देखि ६३ सिट, केन्द्रको सत्तामा रहेको भारतीय जनता पार्टीले ५ देखि १९ सिट र कांग्रेस पार्टीले चार सीटसम्म जित्नसक्ने उल्लेख छ ।

त्यस्तै, टाइम्स नाउले सार्वजनिक गरेको एक्जिट पोल सर्वेक्षणमा आम आदमी पार्टीले ४४, भारतीय जनता पार्टीले २६ सिट जित्ने जनाएको छ ।
रिपब्लिकको एक्जिट पोलमा पनि आम आदमी पार्टीके जित देखिएको छ । रिपब्लिकको एक्जिट पोलमा आम आदमी पार्टीले ४८ देखि ६१ सिटसम्म जित्ने अनुमान छ ।

मतदानको औपचारिक नतिजा भने आगामी फेब्रुअरी ११ मा सार्वजनिक हुनेछ । ७० सदस्यको दिल्ली विधानसभाका लागि यस चुनावमा ६७२ जनाले उम्मेद्वारी दिएका छन् ।

शनिबार भएको मतदानमा राष्ट्रपति रामनाथ कोविन्द, पूर्व उपराष्ट्रपति हामिद अन्सारी, पूर्व प्रधानमन्त्री मनमोहन सिंह, मुख्यमन्त्री अरविन्द केजरीवाल, भारतीय जनता पार्टीका नेता लालकृष्ण आडवाणी र केन्द्रीय मन्त्री हर्षवर्धन र एस जयशंकरले पनि मतदान गरेका छन् । त्यस्तै, कांग्रेस अध्यक्ष सोनिया गान्धीसहित नेताहरु नेता राहुल गान्धी र प्रियङ्का गान्धी वाड्राले पनि मत दिएका छन् ।

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार  ७ : ३४ बजे

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका

चीन र रुसको भिटोपछि स्ट्रेट अफ होर्मुज खोल्ने प्रस्ताव असफल

न्यूयोर्क– इरान संकटबीच संयुक्त राष्ट्र (यूएन) मा स्ट्रेट अफ होर्मुज

गृहमन्त्री गुरुङद्वारा क्षतिग्रस्त बिपी राजमार्गको अवलोकन, विपत्तिमा ‘हेलीबाट’ उद्धार गर्न निर्देशन

काभ्रेपलाञ्चोक – गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको

पत्रकार महासंघमा सल्लाहकार विवाद टुंगियो, केन्द्रीय समिति बैठक हेटौँडामा

काठमाडौँ – नेपाल पत्रकार महासंघमा सल्लाहकार मनोनयनको विवाद टुंगिएको छ।

हर्कको अभियान : महाकालीका नाममा चन्दा उठाएर घट्टे खोलामा पुल शिलान्यास

२४ चैत, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा