महिला अधिकार कार्यान्वयनमा उपराष्ट्रपतिको जोड « Khabarhub

महिला अधिकार कार्यान्वयनमा उपराष्ट्रपतिको जोड


२५ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकको आर्थिक समृद्धि र महिलाको हकअधिकारका लागि संविधानप्रदत्त महिला अधिकारको कार्यान्वयन गर्दै महिलाको सर्वाङ्‌गीण विकासका लागि सबै क्षेत्रको ध्यान जानुपर्नेमा जोड दिएका छन्।

११०औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले महिलाहरु राजनीतिक, सामाजिक तथा आर्थिकरुपमा सशक्त नभएसम्म नेपालको आर्थिक समृद्धि सम्भव नभएको बताए। उनले महिला दिवसले नेपाली महिला र देशको सर्वाङ्‌गीण विकासका लागि एकताबद्ध भएर अगाडि बढ्न सबै नेपालीलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरे।

संविधानले महिलालाई धेरै हदसम्म अधिकारसम्पन्न बनाउनु ज्यादै खुसीका कुरा भएको उल्लेख गर्दै उपराष्ट्रपति पुनले संविधान कार्यान्वयनसँगै जननिर्वाचित निकाय, सरकारी सेवा, रोजगारी, स्वास्थ्य, शिक्षालगायतका विविध क्षेत्रमा महिलाको पहुँच र सहभागिता बढ्दै जानु सकारात्मक भएको बताए।

‘राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक र सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतीको समान हकलगायतका अधिकार सुनिश्चित गरेको छ,’ सन्देशमा उपराष्ट्रपतिले भनेका छन्, ‘जनसङ्ख्याको आधाभन्दा बढी भाग ओगटेका महिलाले हरेक क्षेत्रमा पुरुषसरह समान अवसर पाउनु पर्दछ।’

उनले महिला दिवसले सम्पूर्ण नेपाली महिलामा आपसी सद्‌भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्‌क्षा पूरा गर्न उत्साह, जोश, जाँगर तथा शक्ति थपियोस् भनी कामनासमेत गरेका छन्।

प्रकाशित मिति : २५ फाल्गुन २०७६, आइतबार  ६ : ४८ बजे

चौदण्डीगढी नगरपालिकाबाट सदा समुदायलाई दसैँखर्च सहयोग

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरभित्रका सदा समुदायलाई दसैँ खर्च उपलब्ध

एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि

कांग्रेस महिलातर्फ केन्द्रीय सदस्यमा बासना थापालाई धेरै मतको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य महिलातर्फ १५

‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्म : के–के हुँदैछन् नयाँ काम ?

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राज्ञिक संरचनालाई समयानुकूल

पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

पाेखरा- देशका मुख्य पर्यटकीय गन्तव्य पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर