गुगलले दियो अन्तर्राष्ट्रिय नारी दिवसको शुभकामना « Khabarhub

गुगलले दियो अन्तर्राष्ट्रिय नारी दिवसको शुभकामना


२५ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इन्टरनेट सर्च इन्जिन गुगलले अन्तर्राष्ट्रिय नारी दिवसको शुभकामना दिएको छ ।

गुगलडुडल्समा एक भिडियो सार्वजनिक गर्दै गुगलले नारी दिवसको शुभकामना दिएको हो । उसले भिडियोमा विश्वका नारीहरुका भेषभुषा झल्किने तथा विभिन्न पेशा व्यवसायमा संलग्न नारीहरुको प्रतिनिधित्व गर्दै आकर्षक भिडियो तयार पारेको छ ।

आज मुलुकभर ११० औं अन्तर्राष्ट्रिय नारी दिवस विविध कार्यक्रम गरी मनाइँदै छ । राजनितिक तवरबाट शुरु भएको भएता पनि हाल महिला अधिकार, महिला सशक्तिकरण र समानता आदि सवालहरू अन्तराष्ट्रिय महिला दिवस मनाइँन्छ ।

सन् १९०६ मा सम्पन्न महिलाहरूको प्रथम अन्तर्राष्ट्रिय सम्मेलनबाट क्लारा जेट्किन सेक्रेटरी भइन् । त्यसपछि १९०८ मार्च ८ को दिन अमेरिकाको सिकागो सहरमा समान अधिकारको माग अघि सारेर महिलाहरूले हडताल र विशाल जुलुस प्रदर्शन गरे ।

महिला हक अधिकारको माग गर्दै भएको सोही प्रारम्भिक आन्दोलनको स्मरण तथा महिला अधिकारको संघर्षको दिनका रूपमा ८ मार्चलाई लिने गरिन्छ ।

जर्मनीकी मार्क्सवादी नेतृ क्लारा जेट्किनले सन् १९१० मा कोपेनहेगेनमा आयोजित महिलाहरूको द्वितीय अन्तर्राष्ट्रिय सम्मेलनमा ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा प्रस्ताव गरेकी थिइन् । जसलाई सम्मेलनले पारित गर्यो र सन् १९११ देखि महिला दिवस मनाउन थालिएको इतिहास छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७६, आइतबार  ७ : ०७ बजे

दिल्लीमा वायु प्रदूषण नियन्त्रणका लागि नयाँ प्रतिबन्ध लागू

नयाँदिल्ली– भारतको राजधानी नयाँदिल्लीमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले

तृतराजको ५०, जनकपुरको १०० रन पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

जाडो बढेसँगै ‘भक्का’ को व्यापार फस्टाउँदै

झापा– चिसो मैसम सुरु भएसँगै झापा, मोरङ, सुनसरीलगायत पूर्वी तराईका

पोखराले गुमायो तेस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ– गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ गरेदेखि