कोरोनाको जोखिम रोक्न महामुर्ख सम्मेलनमा अबिरको सट्टा फूल प्रयोग गरिने « Khabarhub

कोरोनाको जोखिम रोक्न महामुर्ख सम्मेलनमा अबिरको सट्टा फूल प्रयोग गरिने


२५ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा- मिथिला नाट्य कला परिषद् (मिनाप) जनकपुरले होली पर्वको अवसरमा कोरोना भाइरसको जोखिम विरुद्ध जनचेतनासहित होली पर्व मनाउने भएको छ ।

परिषदले कोरोना भाइरस संक्रमणको जोखिमबाट बच्न जनचेतनामूलक कार्यक्रम आयोजन गर्ने र अबिरको सट्टा फूल प्रयोग गरेर महामुर्ख सम्मेलन मनाउने जानकारी दिएको हो ।

मिनापका अध्यक्ष परमेश झाले आइतबार डम्फावादन प्रतियोगिता, होली पर्वमाथि चर्चापरिचर्चा र होली गीत गायनमा उत्कृष्टलाई पुरस्कारसमेत प्रदान गरिने कार्यक्रम रहेको बताए ।

त्यस्तै सोमबार होली गीत गायन, मिनापको हास्य शैलीमा व्यङ्ग्य शैलीमा नाटक प्रस्तुति, हाँस्य कविगोष्ठी, मुर्ख र महामुर्खको उपाधि वितरण गरिने उनले जानकारी दिए ।

स्थानीय प्रशासनले बढी भीडभाड नगर्न आग्रह गरेकाले कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै सुरक्षात्मक उपायसहित होली पर्व मनाउन लागिएको उनले बताए ।

प्रकाशित मिति : २५ फाल्गुन २०७६, आइतबार  ७ : १७ बजे

रोमाञ्चक खेलमा नामिबियासँग नेपाल तीन रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क

कांग्रेस क्रियाशील सदस्यता नवीकरणको अन्तिम मिति साउन १४ गते

काठमाडौँ । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता नवीकरण गर्ने अन्तिम

एसओएस बालग्रामका कर्मचारी सवार जीप दुर्घटना : चालकको मृत्यु, पाँचजना घाइते

काठमाडौं । एसओएस बालग्रामका कर्मचारी सवार जीप ललितपुरमा दुर्घटना भएको

पछिल्लो एक घण्टामा स्याङ्जाको पञ्चमुलमा सबैभन्दा धेरै वर्षा

काठमाडौं – देशका विभिन्न स्थानमा वर्षा भइरहेको बीच पछिल्लो एक

सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

सुदूरपश्चिम – सरकारी वार्ता टोली र कैलालीको धनगढीमा विगत पाँच