आईसीसी टी–२० महिला विश्वकप क्रिकेट : अस्ट्रेलियालाई रोक्न सक्ला भारत ? « Khabarhub

आईसीसी टी–२० महिला विश्वकप क्रिकेट : अस्ट्रेलियालाई रोक्न सक्ला भारत ?


२५ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पहिलो पटक आईसीसी टी–२० महिला विश्वकप क्रिकेटको फाइनलमा पुगेको भारत घरेलु टोली अस्ट्रेलियासँग उपाधिका लागि खेल्दैछ ।

मेलबर्न क्रिकेट मैदानमा आज हुने खेल नेपाली समय अनुसार पौने १ बजे हुनेछ । विश्वकप उपाधि ४ पटक उचालेको अस्ट्रेलिया पाँचौ पटक च्याम्पियन बन्ने लक्ष्यमा छ ।

भारतविरुद्ध मैदान उत्रदा अस्ट्रेलिया उपाधि घरमै राख्ने लक्ष्यसहित मैदान उत्रिनेछ । यता, भारत घरेलु टोलीलाई स्तब्ध पार्दै एतिहासिक उपलब्धि हात पार्ने योजनामा छ ।

सेमिफाइनल खेलमा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई ५ रनको झिनो रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

तर, पहिलो सेमिफाइनल वर्षाको कारण खेल हुन् नसक्दा भारत फाइनल पुगेको छ । समूह चरणमा इंग्ल्याण्डले भन्दा राम्रो नतिजा हात पारेको कारण भारतले पहिलो पटक महिला विश्वकपमा स्थान बनाउन सफल भएको हो ।

यी दुई टीमबीचको समूह चरणको भेटमा भने भारतले बाजी मारेको थियो । समूह चरणमा भारतले अस्ट्रेलियालाई १७ रनले हराएको थियो ।

प्रकाशित मिति : २५ फाल्गुन २०७६, आइतबार  १० : ११ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १७ गते बिहीबार तदनुसारसन्

आज २०८२ साल पुस १७ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १७ गते बिहीबार तदनुसारसन्

जेनजी सहिदको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ– राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले जेनजी सहिदको स्मृतिमा दीप प्रज्वलन

यी हुन् नेकपा एमालेको समानुपातिक तर्फको बन्दसूचीका ११० जना उम्मेदवार

काठमाडौँ– फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवारको