नेपालबाट अस्ट्रेलिया गएका युवामा कोरोनाको संक्रमण « Khabarhub

नेपालबाट अस्ट्रेलिया गएका युवामा कोरोनाको संक्रमण


२५ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालबाट अस्ट्रेलिया गएका एक युवामा कोरोनाको संक्रमण देखिएको छ ।

अस्ट्रेलियाको तास्मानिया पुगेका युवामा कोरोना भाईरसको संक्रमण देखिएको हो । उनको परिचय भने गोप्य राखिएको छ ।

२० वर्षका ती युवक गत फेव्रवरी २६ मा सिंगापुर र सिड्नी हुदै तास्मानिया पुगेका थिए । शनिवार ती युवकमा कोरोना संक्रमण भएको रिपोर्ट आएको हो ।

उनको रोयल होवार्ट अस्पतालमा आईसोलेसनमा राखेर उपचार भईरहेको छ । यससँगै तास्मानिया २ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ ।

शुरुमा उनमा रुघा र ज्वरोको लक्षण देखिएको थियो । सामान्य रुघाखोकी भनेर नियमित काममा जुटेका उनी केहिदिनपछि स्वास्थ्य परीक्षण गर्दा कोरोनाको संक्रमण भएको पाइएको हो ।

चिकित्सकले उनलाई परीक्षणको नतिजा नआउन्जेल सेल्फ आईसोलेसनमा बस्न निर्देशन दिएका थिए । तर, ती युवकले चिकित्सकको कुरा अटेरगरि काम र कलेज जाने क्रम जारी राखेका थिए ।

शनिवार कारोना संक्रमण पुष्टि भएपछि उनले पढ्ने कलेज र काम गर्ने होटलमा पनि सरेको हुनसक्ने भन्दै स्वास्थ्य अधिकारीहरुले अनुसन्धान शुरु गरेको एबीसीले जनाएको छ।

उनीसँगै बस्ने चार जना र अन्य तीनजना साथीलाई १४ दिन क्वारेन्टिनमा राखिएको छ । यो घटनासंगै विदेशबाट आउनेलाई परीक्षण गरिने आधारहरु थप कडा बनाईने तास्मानिया सरकारले जनाएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७६, आइतबार  ११ : ०२ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको