पत्रकार वीरेन्द्र साहको हत्या आरोपी १२ वर्षपछि पक्राउ « Khabarhub

पत्रकार वीरेन्द्र साहको हत्या आरोपी १२ वर्षपछि पक्राउ


२५ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कलैया – पत्रकार वीरेन्द्र साहको हत्या भएको १२ वर्षपछि हत्याका एक अभियुक्तलाई बारा प्रहरीले शनिबार राति पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कुन्दन फौजदार भनिने नरेन्द्र फौजदारलाई बारागढी गाउँपालिका वडा नं ६ गडहलबाट पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीले जानकारी दिए ।

विसं २०६४ असोज १८ गते कलैयाबाट पिपरा बजार जाने क्रममा तत्कालीन अवस्थामा भूमिगत रहेको नेकपा माओवादीले अपहरण गरेको थियो । अपहरणपछि निर्मम हत्या गरी शवलाई गाडेको अवस्थामा ३५ दिनपछि टङ्गीया बस्तीको जङ्गलमा शव सडेगलेको अवस्थामा कुकुरको सहयोगमा प्रहरीले बरामद गरेको थियो ।

हत्यामा संलग्न हरेराम पटेल, लालबहादुर चौधरी, रामएवाल सहनी र मैनेजर गिरी रहेका छन् ।

गिरी भने जेल जीवन भोगी जेलमुक्त भइसकेका छन् भने अन्य तीन जना अहिलेसम्म फरार रहेका छन् । तिनीहरुको पनि खोजी भइरहेको प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए । हत्यामा संलग्न रहेकालाई आजीवन करावासको फैसला सुनाइएको थियो ।

प्रकाशित मिति : २५ फाल्गुन २०७६, आइतबार  १२ : ३३ बजे

राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ

काठमाडौँ – फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित

कानुनी लडाइँ जितेर डाक्टर बनेका तीन फुटे गणेश

के एउटा मानिसको उचाइले उसको क्षमताको मापन गर्न सक्छ ?

सुनको मूल्यमा १४ हजार ६०० रुपैयाँले वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्यमा ठूलो वृद्धि भएको छ

ट्रक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

मकवानपुर– कान्तिलोकपथअन्तर्गत बकैया गाउँपालिका– ११ घट्टेपाखामा आज बिहान ट्रक दुर्घटना

पोखरेलीलाई ‘कनेक्टिभिटी’ सहज बनाउन पूर्वेलीको सुझाव

गण्डकी– पूर्वी नेपालका सहरमा पर्यटकहरूलाई पोखरा बोलाउन ‘जाउँ है पोखरा’