भेडेटारमा पनि जीपलाइन सञ्चालन « Khabarhub

भेडेटारमा पनि जीपलाइन सञ्चालन


२५ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धनकुटाको भेडेटारमा पनि साहसिक खेल जीपलाइन शुरु भएको छ ।

धरान, धनकुटा र भेडेटार घुम्न जानेहरुले अब जीपलाइनको मज्जा लिन पाउने भएका छन् ।

शनिबार प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेसँगै जीपलाईन सञ्चालन आएको वल्र्ड वाइड एड्भेन्चर प्रालीका सञ्चालक केदार थापाले जानकारी दिए ।

धरान उपमहानगरपालिका वडा नम्बर ४ को भेडेटारदेखि देवीस्थानसम्म ६ सय ५० मिटरको दूरीमा करिब ४० सकेकेन्डसम्म जीपलाइनमा रमाउन सकिन्छ ।

साहसिक खेल जीपलाईनमा क्लासिक (एकजना), सुपरम्यान (सुतेर) र कपल्स (जोडी) छन् ।

‘३ करोड लगानीमा भेडेटारमा जीपलाईन सञ्चालनमा ल्याएका छौं’ थापाले खबरहबसँग भने, ‘अब पूर्व घुम्न आउने आन्तरिक र वाह्य पर्यटकले यो खेल खेल्न सक्नेछन् ।’

कम्पनीले एक वर्षअघि धुलिखेलमा साहसिक खेल जीपलाईनको सुरुवात गरिसकेको छ । धुलिखेलबाट शुरु भएको जीपलाइन सफल भएको र सबैबाट सकारात्मक प्रतिक्रिया पाएकोले भेडेटारमा पनि सञ्चालन गरेको थापाले बताए।

थापाकाअनुसार क्लासिक खेलको १ हजार २ सय, सुपरम्यानको १ हजार ५ सय र कपलको १ हजार ८ सय रुपैयाँ पर्नेछ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७६, आइतबार  १ : ०७ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि