एन्फाभित्रको विवाद सामाजिक सञ्जालमा छताछुल्ल « Khabarhub

एन्फाभित्रको विवाद सामाजिक सञ्जालमा छताछुल्ल


२५ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) भित्रको राजनीति हावी हुँदै गएको छ । यसको असर एन्फामात छनै सामाजिक सञ्जालमा पनि छताछुल्ल भएको छ ।

एन्फाभित्र गुट उपगुट रहेका त यसअघि कर्मा छिरिङ शेर्पा नेतृत्वमा ल्याउन महत्वपूर्ण भूमिका खेलेका नविन पाडेको बहिरगमनलाई नै हेरेपनि पुग्छ । तर, पछिल्लो समय एन्फाभित्रै पनि अध्यक्ष शेर्पा र उपाध्यक्ष पंकज नेम्वाङबीचको सम्बन्धका समाचारहरु पनि सार्वजनिक भइसकेका छन् ।

त्यतिमात्रै होइन, कार्यसमिति बैठकमा अध्यक्षले वरिष्ठ उपाध्यक्षका एजेन्डा राख्न नमानेको सम्म । अध्यक्ष र उपाध्यक्षबीच बोलचाल समेत नरहेको लगायतका समाचारहरु नआएका होइनन् ।

तर, यतिबेला एन्फा नेतृत्वसहितको टोली ईलामको ‘माई भ्याली गोल्डकप’ जाँदाको फोटो र त्यसमाथिको टिप्पणीले बढी चर्चा पाएको छ ।

‘चेन्ज एन्फा’ नामक फेसबुक ग्रुपमा खेलाडीको पुरस्कार दिन ढिला गरेको उल्लेख गर्दै एन्फा अध्यक्षसहितको टोली एन्फाकै खर्चमा ‘माई भ्याली गोल्डकप’ को पुरस्कार वितरण कार्यक्रमा सहभागी भएको आरोप लगाइएको छ ।

चेन्ज एन्फाले सार्वजनिक गरेको तस्वीरमा अध्यक्ष कर्मा छिरिङ शेर्पा, उपाध्यक्ष शिक्षित पराजुली, लिग कमिटिका संयोजक विज्ञान राज शर्मा, केन्द्रीय सदस्य मधुसुदन उपाध्यायसहितको टोली ईलाम पुगेका थियो ।

 ‘आफैले घोषणा गरेको पुरस्कार समयमा दिन नसकेको र राज्यले कुनै पनि खेल गतिविधिमा संलग्न नहुन निर्देशन दिएको अवस्थामा एन्फाको खर्चमा लावा लस्कर सहित पुरस्कार वितरण समारोहमा जानु पनि भ्रष्टाचार होला ?’ यो स्टाटसमा लेखिएको छ, ‘लुट मात्रै मच्चाउने कि केही सकारात्मक काम पनि गर्ने हो ? कि आफ्नै व्यापार बढाउन यस्तो गरेको हो ?’

यो स्टाटसको जवाफमा एन्फाका केन्द्रीय सदस्य उपाध्यायले ‘चेन्ज एन्फा’को ‘कात्रो’ले आफु नगएको बताएका छन् ।

केन्द्रीय सदस्यले प्रयोग गरेको भाषाको अर्थ छुट्टै राख्ला तर, उनले आफु व्यापार व्यवसाय गरेर जीविको पार्जन गरिरहेका व्यक्ति भएको भन्दै वित्थामा विरोधकै लागि विरोध भइरहेको बताएका छन् ।

‘‘चेन्ज एन्फा’ को कात्रो ओडेर न मैले आफ्नो व्यवसाय संचालन गर्नु परेको छ न तलबदारी कर्मचारी हुन प्रस्ताव नै गर्नु परेको छ,’ उनले अगाडि लेखेका छन्,‘संघर्षको फल नपाउँदा कतिलाई पीडा भयकै होला । त्यो पीडामा मलम लगाई दिन्छु । बायो डाटासहित सम्पर्क गर्नु होला । साबधान कात्रो ओडाऊन खोच्नेहरू प्रति!’

उपाध्यायले दिएको जवाफभित्र पनि एन्फासँग आवद्ध व्यक्तिहरुले एन्फा भित्रको कुरालाई बाहिर ल्याउन नहुने बताएका छन् । त्यसो त, उपाध्यक्ष शिक्षित पराजुली र उपाध्यायमाथि यसअघि अघिल्लो वर्ष क्वीक्स कपमा जुम्ला जाँदा पनि एन्फाकै खर्चमा गएको आरोप लागेको छ ।

उपाध्यायले हिसाब किताब स्पष्ट रहेको उल्लेख गरेपनि अघिल्लो बर्ष उनी र उपाध्यक्ष क्वीक्स कपमा लागि जुम्ला जाँदा एन्फाको खर्चमा गएको आरोप लाग्दै आएको छ । यद्यपी यो प्रतियोगिताका लागि एन्फाले आयोजकलाई २५ हजार रुपैया सहयोग गरेको हुन्छ ।

एन्फाका पूर्वविदेश विभाग प्रमुख नविन पाँडेले एन्फा नेतृत्वलाई कटाक्ष गर्दै लेखेका छन, ‘ ‘सत्ता र भत्ताले मातेको वेला अमृतलाई विष देख्ने महानुभावहरुले हिजो गरेका प्रतिवद्धतालाई भुल्दा स्मरण मात्र गराएको हो । एक जना गए हुने कार्यक्रममा जन्ति जाने अनि फजुल खर्च भएन । मितव्ययिता भन्ने कुरो संस्थामा वस्नेलाई थाहा हुनु पर्ने हो,’ पाँडेले लेखेका छन्, ‘प्राथमिकता के मा दिने भन्ने विषय ठूलो हो । पुरस्कारको परिभाषा नवुझ्नेलाई कति सम्झाउनु ।

खेलाडीले समयमा पुरस्कार नपाउँदा खेलाडीको मनमा कस्तो हुन्छ भनेर । हुन त अचेल ब्रेक फास्ट, लन्च र डिनर समेत सवार हवाई जहाजमा हुन्छ भन्थे माननीयज्यूले । जहाँसम्म व्यापारको कुरा छ , व्यापारको हिसाव किताव त देखाउनु पर्दैन समयले आफै देखाउंछ । हाम्रो काम सदैव सत्तामा वसेकोलाई खवरदारी गर्ने हो । चेतना भया ।’

नेपाली फुटबलको विकासमा लागि भन्दै संघमा आएका व्यक्तिहरु विभिन्न आ–आफ्नो स्वार्थ पुरा नहुँदा बेला–बेलामा कलह बाहिर आउने गरेका छन् । त्यसोत, एन्फा नेतृत्वले योजना अनुसार काम गर्न नसकेको आरोप लगाएर बाहिरिएका पाँडेमाथि फिफाको पेरिस कङ्ग्रेसमा सहभागी हुन नदिएको भन्दै बाहिरिएको आरोप पनि लाग्दै आएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७६, आइतबार  १ : ३१ बजे

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

बागमती– मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–२ मा अवस्थित मकवानपुरगढी दरबार तत्कालीन

विश्वविद्यालयका पदाधिकारीद्वारा आङ्गिक क्याम्पस निरीक्षण

चितवन– चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको उपकुलपति, ‘रजिष्ट्रार’

पर्यटन प्रवर्द्धन गर्न सातबुँदे घोषणापत्र जारी

बाँके– पर्यटन व्यवसायीले नेपालगन्ज–पोखरा, नेपालगन्ज–जनकपुरलगायत सम्भावित नयाँ हवाई गन्तव्यलाई जोडेर

तनहुँको छिर्कनेमा पहिरो, यातायात सेवा प्रभावित

तनहुँ– तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेस्थित पृथ्वीराजमार्गमा पहिरो खस्दा यातायात सेवा

पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१, ‘सिए टिएस’ प्रमाणीकरण सुरु

जनकपुरधाम– पर्सा राष्ट्रिय निकुञ्जमा पाठेबाघको सङ्ख्या बढेसँगै संरक्षण व्यवस्थापनलाई अन्तर्राष्ट्रिय