कोरोना भित्रन नदिन सचेतना « Khabarhub

कोरोना भित्रन नदिन सचेतना


२५ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- कोरोना भाइरसको सङ्क्रमण हुन नदिने गरी देशभरी थालिएका अभियान सफल पार्न जिल्ला प्रशासन कार्यालय बागलुङसहित सरोकारवाला निकायले पनि अभियान थालेका छन् ।

राजनीतिक दलले यो अभियानलाई प्राथमिकतामा राखेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पूर्ण बैठक र काँग्रेस जिल्ला कार्यसमितिको बैठकमा पनि कोरोना सङ्क्रमणबारे सचेत बन्ने विषयले छलफलको समय पाएको थियो ।

नेकपाले आगामी चैत १ गतेदेखि थाल्ने भनेको पार्टी एकता सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियानमा पनि कोरोना विरुद्धको सचेतना चलाउने बताइएको छ । पार्टी अध्यक्ष ईन्द्रलाल सापकोटाले यो अभियान जनभेटघाट मात्र नभइ स्वास्थ्य शिक्षा दिने खालको पनि हुने बताए ।

हरेक घरमा सरसफाइबारे चेतना दिने, स्वच्छ खानपान, बाहिरी सम्पर्कबाट बच्ने विषयको पर्चासमेत बनाएर घर–घरमा बाँड्ने तयारी गरिएको उनले बताए ।

काँग्रेस बैठकमा पनि कोरोना सङ्क्रमणबारे कार्यकर्ता र जनता तहमा अभियान चलाउनुपर्ने बहस चलेको पार्टी सभापति दिपेन्द्रबहादुर थापाले बताए । पार्टीको पदाधिकारी चयन, विभाग गठनलगायतका लागि थापाकै अध्यक्षतामा कार्यदलसमेत बनेको उनले बताए । यो कार्यदलले पार्टीको विवाद मिलाउनेदेखि आम जनतालाई स्वास्थ्य शिक्षामा साथ दिने कामसमेत गर्ने बताइएको छ ।

प्रशासनले भने सार्वजनिक कार्यक्रम तथा सभा सञ्चालन नगर्न र आम नागरिकलाई पनि भीडभाडमा नजान अपिल गरेको प्रजिअ गौलोचन सैंजुले बताए । उनले कारागारका बन्दीलाईसमेत स्वास्थ्यको ख्याल गर्न र सरसफाइमा विशेष ध्यान दिन सुझाव दिइएको जानकारी दिए । क्षमता भन्दा तीन गुणा बढी कैदीबन्दी भएकाले घटाउँदा स्वास्थ्य समस्या कम हुने सुझावसमेत आए पनि त्यो भने सम्भावना नहुने उनले बताए ।

सङ्क्रमणबाट बचाउने अभियानकै लागि अधिकांश विद्यालयले यही फागुन २८ गते देखिनै परीक्षा सञ्चालनको तयारी गरेका छन् । आगामी चैत ५ गतेभित्र परीक्षा सकेर एक महिना लामो बिदा दिने विद्यालयको तयारी छ । सरकारले पनि यो अभियानको थालनी गरेकाले सबै विद्यालयमा तयारी भएको हो ।

प्रकाशित मिति : २५ फाल्गुन २०७६, आइतबार  २ : २८ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको