गोदावरी नगरपालिका आफैंले नगर बस चलाउने « Khabarhub

गोदावरी नगरपालिका आफैंले नगर बस चलाउने


२५ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चापागाउँ– गोदावरी नगरपालिकाले छिट्टै ५ वटा नगर बस सञ्चालन गर्ने भएको छ । चापागाउँमा नगरपालिकाको कार्यालय रहँदा २ वटा फरक–फरक बस चढेर आउनुपर्ने जनताको गुनासो बढेसँगै गोदावरीले उक्त बस सञ्चालन गर्न लागेको हो ।

कार्यालयबाट पर रहेको स्थान वडा नं– १ गोदामचौर, वडा नं २ विशङ्खु, वडा न. ७ देवीचौर, वडा नं ८ डुकुछाप र वडा नं ९ छम्पी हुँदै बस घुमाएर जनतालाई सुविधा दिइने नगर प्रमुख गजेन्द्र महर्जनले जानकारी दिए । उनले भने, ‘बस खरिदका लागि हामीले यही फागुन २ गतेको छैठौँ नगरसभाको निर्णयमा रु दुई करोड रकम खर्च गर्ने योजना बनाएका छौँ ।’ नगरपालिकाले पहिलो पटक आफ्नो लगानीमा उक्त बस खरिद गर्न लागेको महर्जनले बताए ।

नगरपालिकाले बस खरिद गरी सुविधा पुर्‍याएसँगै कार्यालयमा काम लिन आउन अपायक भयो भन्ने जनतालाई राहत पुग्ने वडा नं ३ का अध्यक्ष बालमुकुन्द घिमिरेले औंल्याए । ‘बस खरिद गरेर ल्याएपछि कहाँबाट कति भाडा लिने भन्ने कुराको कार्यविधि बनाएर मात्र सञ्चालन गर्छौ,’ घिमिरेले भने ।

प्रकाशित मिति : २५ फाल्गुन २०७६, आइतबार  २ : ४९ बजे

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश आइपुग्दै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल आज स्वदेश आइपुग्दै छन् । संयुक्त

कानुनसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत चारवटा संसदीय समितिको बैठक बस्दैछ ।

भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा प्रस्तावित ‘राष्ट्रिय जलवायु नीति,

यी भूभागमा हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल