कोरोनाको प्रभाव: बजारमा होलीको रंग र टिसर्ट बेच्ने भेटिए पनि किन्ने कोही छैनन् ! « Khabarhub

कोरोनाको प्रभाव: बजारमा होलीको रंग र टिसर्ट बेच्ने भेटिए पनि किन्ने कोही छैनन् !


२५ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रायः हरेक चाडपर्वका बेला भीडभाड हुने असन, इन्द्रचोक, न्यूरोड क्षेत्रमा होलीको पूर्वसन्ध्यामा पनि खासै चहलपहल देखिएन ।

बजारमा होलीका लागि केही दिनअघिदेखि विभिन्न प्रकारका रङ्ग, ‘ह्यापी होली’ लेखिएका टिसर्ट, पिच्कारी र लोला बिक्रीका लागि राखिएका छन् । तर किन्नेहरु खासै कोही छैनन् ।

आइतबार दिउँसोसम्म बजारमा होलीका सामान किन्नेहरु फाटफुट्ट देखिन्थे । यो वर्षको होली सोमवार परेको छ । विगतका वर्षहरुमा होली आउनु केही दिनअघि देखि नै बजारमा चहलपहल हुन्थ्यो भने कार्यालय, स्कुल, क्याम्पस लगायतका स्थानमा होली खेल्न शुरु भइसक्थ्यो ।

तर अहिले कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै मानिसहरुले सतर्कता अपनाएको देखिन्छ । सरकारले भीडभाड, सभा समारोहमा नजान आग्रह गरेसँगै अहिले मानिसहरु थोरै रंग किन्ने र घरमै खेल्ने तयारीमा रहेका छन् ।

रंगहरु तिहारका लागि राख्नुपर्लाः व्यापारी

हरेक वर्ष होली आउनु ४/५ दिनअघिबाट असन चोकमा होलीका लागि ल्याइएका सामग्री बेच्न बस्छिन्–सर्मिला खड्गी ।

विगत १३ वर्षदेखि व्यापार गरिरहेकी खड्गी हरेक वर्ष होलीमा १ लाखसम्मको व्यापार गर्थिन् । तर यो पहिलो अनुभव रहेको बताउँदै भन्छिन्, ‘अहिलेसम्म ५ हजार जतिको व्यापार गरेँ होला ।’

‘अहिलेको वर्ष सरकारले होली नै नखेल्नु भनेको छ के व्यापार हुनु र ?’ रंग बेचिरहेकी गिता खनालले भनिन्, ‘गत वर्षहरुमा २÷३ सयसम्म रंगको व्यापार हुन्थ्यो यसपाली १० किलो पनि विक्रि भएको छैन ।’

कोरोना भाइरसबारे नेपालीहरुमा पनि त्रास बढिरहेको छ । ‘तर सरकारले होली खेल्न नै नदेला भन्ने थाहा थिएन’ ३५ वर्षदेखि व्यापार गर्दै आइरहेकी खनालले भनिन्, ‘१० दिन अघि होलीका सामान ल्याइयो सरकारले पछि नखेल्न अनुरोध गर्‍यो ।’

बिक्रीका लागि ल्याइएको रङ्ग आगामी तिहारमा बेच्ने सोच बनाएको बताउँदै भन्छिन्, ‘अब यो रङ्ग आउने तिहारलाई राख्नुपर्ला रङगोली बनाउन काम लाग्छ ।’

त्यस्तै ह्यापी होली लेखेका प्रिन्ट टिसर्ट बेच्नेहरु पनि अर्को वर्षको होलीका लागि टिसर्ट राख्ने बताउँछन् ।

‘१५ दिनअघि हजार पिस टिसर्ट ल्याएका थिए, खासै बिक्री भएका छैनन् ।’ असनकै एक व्यापारी कुमार कार्कीले भने, ‘अब यी टिसर्टहरु अर्को वर्षका लागि राख्नुपर्ला ।’

सरकारको आग्रह

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमण नेपालमा पनि फैलिन सक्ने भन्दै सरकारले पूर्व सावधानी अपनाउन आग्रह गरेको छ ।

गृह मन्त्रालयले बढी भीडभाड हुने सभा, सम्मेलन, कार्यक्रममा कोरोना भाइरसको जोखिम हुने भएकाले हाल यस्ता कार्यक्रम नगर्न आग्रह गरिसकेको छ ।

भीडभाडमा जम्मा हुने, लोला हान्ने, रङ, अबिर दल्ने कार्य जोखिमपूर्ण रहेकाले उक्त कार्य नगर्न र नगराउनसमेत सरकारले अनुरोध गरेको छ ।

भीडभाडमा जाँदा कोरोना भाइरसको संक्रमणको जोखिम बढ्ने भन्दै सरकारले सावधानी अपनाउन सर्वसाधरणलाई अनुरोध गरेसँगै यसपालीको होली कोरोनाले फिक्का बनाएको युवाहरु बताउँछन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०७६, आइतबार  ६ : ५० बजे

वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमलको निधन

जनकपुरधाम– मैथिली साहित्यका अग्रणी स्रष्टा, भाषाविद् तथा शिक्षाविद् डा. राजेन्द्रप्रसाद

कास्की अन्नपूर्णवासीको निःशुल्क स्वास्थ्य बीमा

कास्की– कास्कीको अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षदेखि पालिकाभित्रका सबै नागरिकलाई

रोहित पौडेलको कप्तानी यात्रालाई लिएर पारस खड्का भावुक, भने- ‘हामीलाई तिम्रो अझै खाँचो छ’

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) का सचिव एवं पूर्वकप्तान

कोरोला नाका जोड्ने घमी खोला पुल निर्माण सम्पन्न

मुस्ताङ– उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत जोमसोम–कोरोलानाका जोड्ने मुस्ताङको लो

नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तान पदबाट रोहित पौडेलको बिदाइ, क्यानले दियो धन्यवाद

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय पुरुष क्रिकेट